पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ गरेको बताइएको छ।
ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागी उनलाई शुक्रबार पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएपी) अनुपम शमशेर जबराले संचारमाध्यमलाई जानकारी दिएका छन ।
हात्तीगौंडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैया अपचलन गरेर लाभ लिएको आरोप उनीमाथि लगाइएको छ । विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा उनले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको एसएसपी जबराले बताएका छन ।
















