चितवन, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को पहिलो महाधिवेशन केहि असन्तुष्टि र बिबादको बिच नयाँ नेतृत्व चयन गर्दै सकिएको छ। चितवनको भरतपुरमा गत आइतबारदेखि सुरु भएकाे महाधिवेशन शुक्रबार पदाधिकारी चयन गरेसंगै सकिएको हो । महाधिबेशनले पार्टीको सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्लेलाई निर्विरोध निर्वाचित गरेको छ ।
महिला उपसभापति पदमा सोविता गौतमले डा. तोसिमा कार्कीलाई पराजित गर्निन सफल भईन । उपसभापतिमा साेविता गाैतमले ७८९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत मात्र प्राप्त गरेकी थिईन।
त्यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित भए । विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्कीले प्रतिस्पर्धा गरेको भएपनि आचार्यले विजय प्राप्त गरे । यसअघि सहमहामन्त्री रहेका उनले ६७३ मत प्राप्त गरेका थिए।
त्यसैगरी सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छ भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भइन्

नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रम शुक्रबार नै सम्पन्न भएको छ । महाधिवेशन अन्तर्गत पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । नव निर्बाचित सभापति रवि लामिछानेले अब वरिष्ठ नेता १, उपसभापति १, महामन्त्री १, प्रवक्ता १, सह प्रवक्ता ३, कोषाध्यक्ष १ र सह कोषाध्यक्ष २ गरी १२ जना पदाधिकारी मनोनीत गर्न पाउने ब्यबस्था विधानले गरेको छ ।
सभापति लामिछानेले १२ जना पदाधिकारी र थप ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन गर्न पाउने भएका छन । रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ । त्यसबाहेकक सात प्रदेशका सभापति पदेन सदस्य रहनेछन् । उनीहरूसमेत जोड्दा रास्वपाको केन्द्रीय समिति १८५ जनाको हुनेछ ।
पार्टी गठन गरेको चार वर्षमा पहिलो महाधिवेशन सम्पन्न गरेर रास्वपाले नयाँ नेतृत्व र नीति तय मात्र गरेको छैन, संस्थागत मान्यता समेत पाएको छ । तर छोटो अवधिमा असीमित सफलता र जनसमर्थन पाएको रास्वपालाई लोकतान्त्रिक मूल्य, मान्यता र विधि पद्धतिमा हिँडाउने चुनौती भने थपिएको छ ।

महाधिवेशनका क्रममा छिटपुट विवाद र कतिपय विषयमा अलोकतान्त्रिक व्यवहार देखिएको भन्दै केही महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि जनाएका थिए । महाधिवेशनमार्फत रास्वपाले राजनीतिक वैधता पाउन सफल भए पनि पहिलो महाधिवेशनमार्फत नै पुराना पार्टीमा जस्तै गुटउपगुटका सङ्केतहरू देखिएका छन्।
महाधिवेशन उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पार्टीभित्र गुट–उपगुट नहुने भने पनि केन्द्रीय सदस्य र पदाधिकारीको निर्वाचन हुने दिनसम्म पुग्दा गुटबन्दीका सङ्केतहरू प्रस्टै देखिएका छन् । दोस्रो चरणमा पदाधिकारी निर्वाचनका बेला उम्मेदवारी दर्तादेखि फिर्ता लिने समयका गतिविधि नियाल्दा र नेताहरूका अभिव्यक्ति सुन्दा पनि यो पार्टीमा गुटबन्दीको बीउ रोपिएको प्रस्टै देख्न र बुझ्न सकिन्थ्यो ।
‘गुट उपगुट रहेछन् भनेपनि अब जरैदेखि उखेल्न लागिपर्छु’ शपथ ग्रहणपछि नवनिर्वाचित सभापति रवि लामिछानेले भने, ‘अव पार्टी परिपक्व र प्रतिबद्ध भएर अघि बढ्ने छ ।’ साथै, उनले नयाँ नेतृत्वका लागि सहमति जुटाउन आफूले प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गरे । ‘अव यो हलबाट निस्केपछि जसरी हामी प्रतिस्पर्धामा उत्रेका थियौ अव निकै उच्च सौहार्दतामा अघि बढ्ने छौ । जसले जित्यो त्यो सिङ्गो घण्टीले जित्यो’, सभापति लामिछानेले भनेका थिए ।
चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत पदाधिकारी निर्वाचनमा मतदानको अन्तिम चरणमा विवाद देखिएको थियो। मतदानका लागि तोकिएको समय सकिएर मतदानस्थलको ढोका बन्द भएपछि एक समूहमा आएका प्रतिनिधिले आफूहरूलाई पनि मतदान गर्न दिनुपर्ने भन्दै दबाब दिएका छन्।
रास्वपा महाधिबेशनबाट निर्बाचित केन्द्रीय समिति
पदाधिकारी
सभापति : रवि लामिछाने
उपसभापति : स्वर्णिम वाग्ले
उपसभापति (महिला): सोविता गौतम
महामन्त्री : विपिन कुमार आचार्य
सहमहामन्त्री : हरि ढकाल
सहमहामन्त्री : असिम शाह
सहमहामन्त्री (महिला) : निशा डाँगी
केन्द्रीय सदस्यहरु
राष्ट्रिय खुला (३२ जना)
२. सोविता गौतम
३. शिशिर खनाल
४. सागर ढकाल
५. डा. तोसिमा कार्की
६. रञ्जु दर्शना
७. मनिष झा
८. हरि ढकाल
९. कविन्द्र बुर्लाकोटी
१०. विपिन कुमार आचार्य
११. रमेश प्रसाईं
१२. विराजभक्त श्रेष्ठ
१३. निशा डाँगी
१४. इन्दिरा राना मगर
१५. गणेश पराजुली
१६. पुकार बम
१७. जगदीश खरेल (ललितपुर)
१८. सुलभ खरेल
१९. यज्ञमणि न्यौपाने
२०. प्रमोद न्यौपाने
२१. अस्मित पोखरेल
२२. रिमा विश्वकर्मा
२३. राजुनाथ पाण्डे
२४. राजीव खत्री
२५. समीक्षा बास्कोटा
२६. गणेश कार्की
२७. खगेन्द्र सुनार
२८. असिम साह
२९. हिमेश पन्त
३०. जगदीश खरेल (दोलखा)
३१. गीता चौधरी
३२. लिमा अधिकारी आचार्य
खस/आर्य समूह (१० जना)
१. सुशान्त वैदिक (पुरुष)
२. सुदीप ढकाल (पुरुष)
३. हेमराज भट्ट (पुरुष)
४. प्रदीप विष्ट (पुरुष)
५. डिल्लिश्वर कार्की ‘रोहन’ (पुरुष)
६. प्रकृति ढकाल (महिला)
७. टिका संग्रौला ‘ज्वाला’ (महिला)
८. क्रान्तिशिखा धिताल (महिला)
९. जमुना शर्मा (महिला)
१०. सुशिला कार्की पोख्रेल (महिला)
आदिवासी/जनजाति समूह (९ जना)
१. मिलन लिम्बु (पुरुष)
२. शंकर श्रेष्ठ (पुरुष)
३. मिङ्मा डण्डु शेर्पा (पुरुष)
४. महेश लामा (पुरुष)
५. कृष्णमान श्रेष्ठ (पुरुष)
६. आशिका तामाङ (महिला)
७. अनुष्का श्रेष्ठ (महिला)
८. निशा श्रेष्ठ (महिला)
९. कुसुम महर्जन (महिला)
मधेशी समूह (५ जना)
१. बब्लु गुप्ता (पुरुष)
२. अरविन्द साह (पुरुष)
३. दिपक कुमार साह (पुरुष)
४. जुली यादव (महिला)
५. कामिनी कुमारी चौधरी (महिला)
दलित समूह (४ जना)
१. विजय जैरु (पुरुष)
२. शिव नेपाली (पुरुष)
३. सविना वि.क. (महिला)
४. खिमा बि.क. (महिला)
थारु समूह (२ जना)
१. करिश्मा कठरिया (महिला)
२. अशोक कुमार चौधरी (पुरुष)
मुस्लिम समूह (२ जना)
१. समिना मिया (महिला)
२. रहबर अंसारी (पुरुष)
प्रादेशिक क्लस्टर (३५ जना- प्रत्येक प्रदेशबाट ५ जना)
कोशी प्रदेश:
१. निशा मेहता
२. विश्वराज पोखरेल
३. शोभा कार्की
४. कल्पना थापा
५. सुजाता तामाङ
मधेश प्रदेश:
१. सुस्मा बस्नेत
२. सुनिता कुमारी चौधरी
३. नमिता यादव
४. मञ्जु सिंह
५. अंकित कुमार यादव
बागमती प्रदेश:
१. प्रभा ढकाल
२. विदुषी राणा
३. आकांक्षा पोखरेल
४. अनिता श्रेष्ठ
५. पार्वती थापा
गण्डकी प्रदेश:
१. पवित्रा थापा
२. मनिष खनाल
३. सागर भुसाल
४. सोम शर्मा
५. विष्णु कुमारी गुरुङ (एकता)
लुम्बिनी प्रदेश:
१. कल्पना पाण्डे
२. संगिता ढकाल
३. ज्ञानु पौड्याल
४. देवराज पाठक
५. शर्मिला खनाल
कर्णाली प्रदेश:
१. सिता बादी
२. विनिता कठायत
३. टासी ल्हाइगजोम
४. मेनुका शाही
५. प्रकाश न्यौपाने
सुदूरपश्चिम प्रदेश:
१. हेमराज थापा
२. के. पी. खनाल
३. दीपक राज बोहरा
४. जानीका जोशी
५. चन्द्रा ऐर चाँदनी
















