Play

फिफाद्वारा एन्फा निलम्बन : अब नेपाली खेलाडी र रेफ्रीले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने

गुरुकुल खबर


काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा)लाई विश्व फुटबल महासंघ ( फिफा) ले तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको छ। सरकारको तर्फबाट भएका काम कारबाहीका कारण एन्फा निलम्बन हुने अबस्थामा पुगेको बताइएको छ फिफाले गरेको निलम्बनसँगै नेपालले अब हुने बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन भने फिफा मान्यता नेपालका रेफ्रीहरूले अन्तराष्ट्रिय खेल खेलाउन पनि नपाउने भएका छन।

यसरि हेर्दा यो निलम्बनको निर्णय नेपाली फुटबलको लागि कालो दिन मान्न सकिन्छ। सन् १९५१ मा स्थापना भएको एन्फा १९७२ मा फिफाको सदस्य राष्ट्र बनेको थियो। ५ दशक लामो एन्फाको इतिहासमा एन्फा फिफाबाट निलम्बनमा परेको यो पहिलो पटक हो।

फिफा विधानको धारा १४ को उपधारा १(आई) र उपधारा ३ अनुसार तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानको उल्लङ्घन भएको ठहर गर्दै एन्फामाथि निलम्बनको निर्णय गरिएको फिफा द्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।  फिफाले तत्काल लागु हुने गरी यो निर्णय गरेको हो।  तेस्रो पक्ष भनेको सरकारको हस्ताक्षेप हो। सरकार आफै एन्फाको विवादको विषयमा संलग्न पनि भयो तर विवादको निष्कर्ष निकाल्न नसकेपछि अन्तत फिफाले एन्फालाई नै निलम्बन गरेको‌ छ।

केही दिन अघि फिफाले अहिलेको अर्को निर्वाचन नभएसम्म पुरानै कार्यसमितिलाई काम गर्न भनेको थियो। एन्फा कार्यसमितिको असार ६ गते कार्यकाल सकिएको थियो।  एन्फाले गत वर्ष चैत १३ गतेका लागि केन्द्रीय निर्वाचन मात्रै गर्ने निर्णय गरेदेखि एन्फा र सरकारबीच विवाद चलेको थियो।  तहगत निर्वाचनका लागि पटक पटकको निर्देशन अटेर गरेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)  ले चैत ११ गते एन्फालाई ३ महिनाको लागि निलम्बन गरेको थियो।  पछि राखेपले जेठ १ गते निलम्बन फुकुवा गरेको थियो। एन्फा नेतृत्वले निशर्त निलम्बन फुकुवा भएको दाबी गरेको थियो।

अहिले जारी विश्वकपको उद्घाटन समारोहमा भाग लिन मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई सरकारको निर्णय भन्दै अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थियो। अध्यक्ष नेम्वाङ, पदाधिकारी, सदस्य र कर्मचारी गरि २४ जनालाई राखेपको सिफारिस विदेश जान रोक लगाइएको घटनालाई समेत फिफाले गम्भीरतापुर्वक लिएको बताइएको छ।

११ असार २०८३, बिहीबार ०९:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा