Play

सुर्खेतमा पक्राउ गरिएका एमाले नेता एबम पुर्व अर्थमन्त्री पौडेललाई काठमाडौँ लगियो

गुरुकुल खबर


काठमाडौं,  सम्पत्ति शुद्धीकरणको कसुरमा सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एबम पूर्वउपप्रधानमन्त्री तथा पुर्व अर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट नेपालगंज पुर्याएर हवाइमार्गमार्फत काठमाडौं लागिएको छ । सोमबार अपराह्न सुर्खेतमा एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी  पौडेललाई कार्यक्रमबाट होटल पुगे लगत्तै पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डीआईजी जयराज सापकोटाले बताएका छन् ।

पौडेललाई विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ । ‘सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो । सोही पत्रका आधारमा पक्राउ गरेका हौं,’ उनले भने । एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेल सुर्खेतमा कार्यकर्तासँग सुझाव संकलन गर्दै गर्दा पक्राउ परेका हुन् । कार्यक्रममा एमाले नेताहरू रामबहादुर थापा ‘बादल’, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मालगायतका नेता सहभागी थिए ।

प्रहरीले पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ । पक्राउ गर्नुअघि सम्पति शुद्धीकरण विभागको टोलीले पौडेलको भैंसेपाटीस्थित घरमा छापा मागेर केही कागजात नियन्त्रणमा लिएको छ । कार्यक्रमस्थलबाट सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेल आफैंले आफ्नै गाडीमा राखेर नेपालगञ्ज पु¥याएका थिए ।

एमालेबाट धेरैपटक मन्त्री बन्नेमध्येका एक पौडेल ८ पटक मन्त्री भइसकेका व्यक्ति हुन् । यो अवधिमा उनले ५ पटक अर्थमन्त्रालयको कार्यभार सम्हाले । २०७२ कात्तिकमा अर्थमन्त्री बनेका उनी २०७७ असोजमा पुनः अर्थ मन्त्री बने । तेस्रो पटक २०७८ जेठमा, चौथोपटक २०७९ पुसमा उपप्रधानसहित अर्थमन्त्री बनेका पौडेल २०८१ असारमा पनि उपप्रधानमन्त्रीसहति अर्थमन्त्री बनेका थिए ।

पौडेल पहिलो पटक १२ चैत २०५३ देखि १० असोज २०५४ सम्म युवा, खेलकुद तथा संस्कृतिमन्त्री बनेका थिए । ५ भदौ २०६५ देखि ७ जेठ २०६६ जेठ उनी जलश्रोत मन्त्री थिए । २०६७ सालमा रक्षामन्त्री नियुक्त भएका पौडेल ११ भदौ २०६८ सम्म पदमा रहे ।

जेनजी आन्दोलनपछि भएको निर्वाचनमा एमालेले लज्जास्पद पराजय भोगेपछि एमाले यतिबेला नेतृत्व फेरबदललाई लिएर विवादमा छ । पौडेल पछिल्ला दिन महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर आफैँ अध्यक्ष बन्ने योजनामा थिए । पार्टी महासचिव माधवकुमार नेपाल हुँदा नेपालका विश्वासपात्र, नेकपा कालमा प्रचण्ड र ओलीका विश्वासपात्र तथा एमाले विभाजनपछि अध्यक्ष ओलीका खास मानिएका पौडेल जेनजी आन्दोलनपछि ओलीको विरुद्धमा समेत बोल्दै आएका थिए ।

गएको २१ फागुनको निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि नेतृत्वको विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिँदै आएका पौडेल भित्रभित्रै आफैं अध्यक्ष बन्ने दौडमा समेत थिए । पौडेल वालुवाटार जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् । तर सम्पत्ति शुद्धीकरण विभागले भने उनको जग्गा र अस्वभाविक शेयर कारोवार सम्बन्धमा अनुसन्धान गर्न पक्राउ गरेको बताएको छ । उनीमाथि लगाइने आरोप औपचारिक रुपमा भने प्रहरीले केही बताएको छैन ।

सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी अवसर पाउनेमा पर्छन् ।

९ असार २०८३, मंगलवार १०:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा