Play

रास्वपाको महाधिबेशन: केन्द्रीय समितिको अन्तिम बैठक आज, बन्दसत्रको हल भाडामात्र १३ लाख ५० हजार

उद्घाटन समारोहमा ३० हजार बढीको सहभागिता हुने दाबि, एक हजार बढी प्रहरी परिचालन गरिंदै


गुरुकुल खबर


चितवन, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भोलि आइतबारदेखि तिनदिनसम्म चितवनको भरतपुरमा हुने प्रथम महाधिवेशनको तयारी पुरा भएको छ महाधिबेशन पुर्व पार्टीको केन्द्रीय समितिको अन्तिम बैठक आज दिउँसो चितवनमा बस्ने भएको छ । भरतपुरस्थित सिएमटी रिर्सोटमा बस्ने बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ ।

रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ । केन्द्रीय समितिको बैठक तथा महाविधेशनमा सहभागी हुनका लागि पार्टी सभापति रवि लामिछाने आज नैचितवन आउने कार्यक्रम रहेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन समारोहमा देशभरबाट ३ हजार बढी प्रतिनिधी, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरू समेत गरि ३०/४० हजार जनाको सहभागिता रहने अनुमान आयोजकको छ । महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुनेछ । प्रतिनिधिहरुलाई खानाको व्यवस्थापन पार्टीले गरेको छ भने आवासको व्यवस्था र खर्च प्रतिनिधी आफैंले गर्नुपर्ने हुन्छ ।

महाधिबेशनको बन्दसत्रका लागि प्रयोग हुने चितवन उद्योग संघको प्रर्दशनी केन्द्रको हल भाडा बापत रास्वपाले १३ लाख ५० हजार तिर्ने भएको छ । सुरुमा राजनीतिक कार्यक्रम गर्न अनुमति नदिने जनाएको उद्योग संघले उद्योग मन्त्रालयको अनुरोध पछि रास्वपाको बन्दसत्र गर्नको लागि हल दिन तयार भएको हो ।

संघले आफ्नो नियम अनुसार रास्वपाले तीन दिन हल प्रयोग गर्दा प्रतिदिन ४ लाख ५० हजारका दरले भाडा लिने सम्झौता गरेको छ । संघका अध्यक्ष अध्यक्ष मदन घिमिरेका अनुसार एक हलको एक दिनको भाडा एक लाख ५० हजार रहेकोमा रास्वपाले तीनवटा हल बुक गरेकोले दैनिक दैनिक ४ लाख ५० हजार शुल्क तिर्नुपर्नेछ । रास्वपाले ८ र ९ गतेका लागि पुरै दिनको र ७ र १० गतेको आधा दिनको शुल्क मात्रै तिर्ने गरी सम्झौता गरेको छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि १ हजार ८७ प्रहरी सुरक्षकर्मी परिचालन गरिने भएको छ । महाविधेशनको सुरक्षालाई मध्यनजर गरेर उच्च सुरक्षा व्यवस्था अपनाउन लागिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिए ।

महाधिवेशनको सुरक्षाका लागि एक हजार ८७ प्रहरी परिचालन गरिने र महाधिवेशनको खुला सत्र र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाइएको जानकारी दिंदै उनले सडकमा ट्राफिक व्यवस्थापनका लागि १ सय ६५ ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताए । प्रहरीले भरतपुरको बीरेन्द्र क्याम्पस पछाडिको चौर र भरतपुर केन्द्रीय बसपार्कमा सहभागीहरुले ल्याउने ठूला सवारीलाई राख्ने प्रवन्ध गरिएको छ ।

महाधिवेशन अबधिभर स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । महाधिवेशन उदघाटन सत्रमा ३ वटा सुविधा सम्पन्न एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको महाधिवेशन स्वास्थ्य उपसमितिका प्रमुख रहेका डा. मनोहर प्रधानले जानकारी दिए । आकस्मिक उपचारका लागि आवश्यक औषधि, किटहरुसहित आकस्मिक सेवा दिइरहेका चिकित्सकहरु राखिने डा. प्रधानले जानकारी दिए ।

चितवनमा अत्याधिक गर्मी भएको कारणले हिटस्ट्रोक हुन सक्ने हुँदा पर्याप्त सावधानी अपनाइने उनले बताए । ‘गर्मी पनि छ, टाढाबाट आउने सुगर, प्रेसरका बिरामीका लागि समस्या हुन सक्छ, एक्कासी प्रेसर बढ्ने, सुगर कम भएर बेहोस हुन सक्ने सम्भावना हुन सक्छ’, डा. प्रधानले भने, ‘बिरामीलाई तुरुन्तै अस्पताल लैजाने गरी प्रबन्ध गरेका छौं ।’

जिल्ला प्रशासन कार्यालय चितवनले रास्वपाको महाधिवेशनमा कोही बिरामी भए उपचारका लागि तुरुन्तै पहल गर्न इलाका प्रहरी कार्यालयका डीएसपी सुवास भट्ट, सशस्त्र प्रहरीका डीएसपी दिलबहादुर रायमाझी र निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारी रहेको तीन जनाको कमिटी गठन गरेको छ । बिरामीलाई थप उपचारका लागि लैजानुपरेमा यो कमिटीसहित रास्वपाको स्वास्थ्य विभागले थप समन्वय गर्ने डा. प्रधानले जानकारी दिए ।

६ असार २०८३, शनिबार १०:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा