Play

पोखराको गुप्तेश्वर महादेव क्याम्पसमा अनुसन्धान प्रस्तावना लेखन तालिम सम्पन्न

गुरुकुल खबर


पोखरा, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा व्यवस्थापन संकाय अन्तर्गत एमबीएस चौथो तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित अनुसन्धान प्रस्तावना लेखन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आईतबार सम्पन्न भएको छ।

गोष्ठीमा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले गुणस्तरीय उच्चशिक्षाका लागि अनुसन्धान संस्कृतिको विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुसन्धानमूलक अध्ययनमा सक्रिय सहभागिता गराउनु अहिलेको आवश्यकता भएको बताए ।

अनुसन्धान व्यवस्थापन समिति सदस्य सुरेन्द्र कार्कीले अनुसन्धानको विषय छनोट, समस्या पहिचान तथा प्रस्तावना लेखनका प्राविधिक पक्षबारेको गहन अध्ययनले मात्रै अनुसन्धान प्रभावकारी बन्ने बताए ।

पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक एवं अनुसन्धान विज्ञ रेशमलाल पौडेलले अनुसन्धान पद्धतिको बारेमा सहजीकरण गर्दै अनुसन्धान प्रक्रियामा अपनाइने विधि, तथ्याङ्क सङ्कलनका तरिका तथा विश्लेषणका आधारभूत पक्षबारे जानकारी गराएका थिए । उनले गुणस्तरीय अनुसन्धानका लागि उपयुक्त अनुसन्धान डिजाइन तथा नमुना छनोटको महत्वबारे चर्चा गरेका थिए ।

पहिलो दिन प्रस्तावना लेखन विषय छनोट, समस्या पहिचान तथा दोश्रो दिन प्रस्तावना लेखनका प्राविधिक पक्षमा रहेर बृहत छलफल गरिएको थियो । कार्यशालामा सहभागी विद्यार्थीहरूको तर्फबाट आफ्नो अनुभव राख्दै सफल देवकोटाले यस्ता कार्यक्रमले अनुसन्धानप्रति विद्यार्थीहरूको रुचि र क्षमता विकासमा महत्वपूर्ण योगदान पुगेकोबताए ।

२० जना विद्यार्थीहरूको सहभागिता रहेको दुईदिने कार्यशाला गोष्ठीमा अनुसन्धान सम्बन्धी विविध विषयमा अनुसन्धान व्यवस्थापन समिति संयोजक भण्डारी, एमबीएस कार्यक्रम संयोजक राजकुमार सुवेदी, अनुसन्धान व्यवस्थापन समिति सदस्य कार्की, तथा उपप्राध्यापक सन्तोष भण्डारीले सहजीकरण गरेका थिए ।

१७ जेष्ठ २०८३, आईतवार २२:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा