Play

बहुमतको सरकार गैरजिम्मेवार बन्दै गएको र प्रमले पनि जिम्मेवारीबोध नगरेको कांग्रेस संसदीय दलको निष्कर्ष

गुरुकुल खबर


काठमाडौँ, झन्डै दुई तिहाइ बहुमतका साथ बनेको रास्वपाको सरकार गैरजिम्मेवार बन्दै गएको निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ। नेपाली कांग्रेस संसदीय दलको बिहिबार बसेको बैठकले प्रधानमन्त्री वालेन्द्र शाह जनताप्रति उत्तरदायी नभएको र उनले जिम्मेवारीबोध समेत नगरेको कांग्रेसको ठहर छ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शाह संसदमा नआएको र गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने विषयप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताइन्। यस विषयमा संसदीय दलको बैठकमा पनि छलफल भएको थापाले जानकारी दिइन्।

बिहीबारको संसदीय दलको बैठक पछि उनले प्रधानमन्त्री आउन नसक्ने कारण बताउनुपर्नेमा केहि जानकारी नदिनुले संसद प्रतिको जिम्मेवारीबोध नगरेको स्पष्ट भएको बताइन थापाले भनिन्, ‘अब प्रधानमन्त्रीले म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’

कांग्रेस संसदीय दलको बैठकमा जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि पनि छलफल भएको छ। आयोगको प्रतिवेदन यथाशिघ्र कार्यान्वयन गर्न कांग्रेसले माग गरेको छ।  ‘कानुनभन्दा माथि कोही पनि हुँदैन। कांग्रेसले कानुनसम्मत हुने प्रक्रियालाई स्वीकार गर्छ,’ उनले भनिन्।

यसअघि कार्की आयोगको प्रतिवेदनलाई लिएर सरकारले ‘स्टन्ट’ गरेको कांग्रेसको भनाइ छ। ‘पहिले समात्ने अनि अनुसन्धान गर्ने जस्तो मिडिया स्टन्ट भन्दा पनि सत्य तथ्य छानबिन गरेर कानुनसम्मत रूपमा अगाडि बढ्नुपर्छ,’ थापाले भनिन्, ‘यदि प्रतिवेदनमा उल्लेख भएका कुराहरू सत्य हुन् भने यसलाई अगाडि बढाउनुपर्छ, यसमा हाम्रो पूर्ण समर्थन रहनेछ।’

कांग्रेस बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल भएको छ। सत्तापक्ष बहुमतको आधारमा हिँड्न खोजेको कांग्रेसको निष्कर्ष छ।  ‘बजेटमा पनि विगतमा राय सुझाव लिएर अगाडि बढिन्थ्यो, निर्णय सरकार पक्षकै हुन्थ्यो, यसमा दुईमत छैन। तर प्रतिपक्षको कुरा पनि सुनिन्थ्यो,’ थापाले भनिन्, ‘अहिले भने प्रतिपक्षले खोजेको जवाफ प्रधानमन्त्रीबाट पाइरहेको अवस्था छैन, जुन आम जनताले पनि पाउनुपर्ने हो।’

१४ जेष्ठ २०८३, बिहीबार १५:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा