Play

मुक्तिनाथ विकास बैंकको नयाँ सेवा: मोबाइल बैंकिंगको रिन्यु गर्न बैंक जानुपर्ने बाध्यता अन्त्य

गुरुकुल खबर


पोखरा, मुक्तिनाथ विकास बैंकले आंफ्ना ग्राहकको सुबिधाको लागि बैंकको मोबाइल बैंकिङ एप ‘मुक्तिनाथ फाइदा एप’ मा ‘सेल्फ रिन्यू’ भन्ने नयाँ सेवा सुरु गरेको छ।

सेल्फ रिन्यु सेवा मार्फत ग्राहकले मोबाइल बैंकिङ नवीकरण गर्न बैंकको शाखा पुग्नुपर्ने बाध्यता हटेको छ। बैंकले ग्राहकको सहजताका लागि एपमा अन्य नयाँ सुविधाहरु पनि थप गरेको जनाएको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार अब बैंकका ग्राहकले घरमै बसेर आफ्नो मोबाइल बैंकिङ एप आफैं नवीकरण गर्न सक्छन्। एप चलाउँदा म्याद सकिएको सन्देश (एक्सपायरी पप-अप) देखिएमा ‘रिन्यू नाउ’ मा क्लिक गरी प्रक्रिया अगाडि बढाउन सकिने छ।

त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी बुझेर ‘कन्टिन्यू’ थिची आफ्नो कारोबार पिन (ट्रान्जेक्सन पिन) राखेपछि सेवा तुरुन्तै सक्रिय हुन्छ। बैंकले यस प्रक्रियालाई निकै सरल र झन्झटमुक्त बनाएको जनाएको छ।

बैंकले एपबाटै व्यक्तिगत विवरण अद्यावधिक गर्ने सुविधा पनि ल्याएको छ। अब ग्राहकले बैंक नगई एपमार्फत आफ्नो राष्ट्रिय परिचयपत्र (एनआइडी), प्यान नम्बर र इमेल ठेगाना आफैं अपडेट गर्न सक्छन्।

डिजिटल बैंकिङलाई थप प्रभावकारी र ग्राहकमुखी बनाउन यी सुविधाहरु ल्याइएको बैंकले बैंकका सुचना अधिकारी गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए।

मुक्तिनाथ फाइदा एप मार्फत् ग्राहकले विभिन्न बैंकिङ सेवाहरु अझ सहज रुपमा प्रयोग गर्न सक्ने बताए। बैंकले प्रविधिको प्रयोग मार्फत सेवाग्राहीलाई छिटो र छरितो सेवा दिने लक्ष्य राखेको छ।

१३ जेष्ठ २०८३, बुधबार ११:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा