पोखरा, नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघकी नबनियुक्त सभापति मिना खरेललेसमिति संघको केन्द्रीय समितिमा सस्दस्यहरु मनोनित गरेकी छन बिशेष महाधिबेशनबाट सभापति बनेका गगन कुमार थापाले महिला संघको पुरानो कार्यसमिति विघटन गरेर चितवनकी मिना खरेललाई अध्यक्ष घोषणा गरेपछि खरेलले नयाँ कार्यसमितिमा सदस्यहरुको मनोनयन गरेकी छन।
नेपाली कांग्रेसको विधान अनुसार बैशाख २५ गते अध्यक्ष नियुक्त भएकी खरेलले आँफुलाई प्राप्त कार्यादेश अनुरुप नेपाली कांग्रेसका सभापति गगनकुमार थापासंगको परामर्शमा ७० जना महिलालाई नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा मनोनयन गरी पूर्णता प्रदान गरेको जनाएकी छन। नयाँ कार्यसमितिमा पोखराकी शान्ति गुरुङ र पुनम भट्टलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ
मनोनोत हुने अन्य सदस्यहरुमा पार्वती गिरी, विनिता अधिकारी, निर्मला रावल कार्की,सोना परियार, ज्ञानु शाह, मिना पाठक, शान्ता अर्याल, हिरा पाण्डे लामा, गीता नेपाल, सङ्गीता फुँयाल, देविका नेपाली, शिशिरा राई, मन्धरा चिमोरिया, नज्बुल खान, रन्जिता गिरि, शोभा भण्डारी, विधिसा मिश्र, उर्मिला भुर्तेल र अञ्जना मधिकर्मी रहेका छन।
केन्द्रीय सदस्यमा नियुक्त हुने अन्य महिलाहरुमा अम्बिका अधिकारी, सरस्वती भट्ट, पुष्पा चौधरी, आस्था बिन्दु मल्ल, रामकुमारी डाँगी, विष्णु रोकाय, सुमन सञ्जेल, देवी खड्का, रिता थापा, मनकुमारी बिक, गोमा राउत बस्नेत, अञ्जना श्रेष्ठ मास्के, सुर्य देवी मल्ल, गिरिजा गैरे, पद्मा भुसाल, अनिता कर्ण, सुशिला शाह, कान्ता केसी, सिता कार्की, राधिका चौधरी, कमला लामिछाने, मधु जवेगु, भवानी केसी, श्रुती कुमारी यादव ललिता कुमारी यादव र राजु भट्ट जोशी पनि छन।
यसैगरि भगवती पाल बोहोरा, उमा कुमारी थापा, भूवनेश्वरी शर्मा (मुडभरी), टिकेश्वरी पाण्डे (प्रेरणा), सुलोचना शर्मा, निता ढकाल, कुसुम वली आचार्य, गौरी लामा, कमला न्यौपाने, कोपिला खतिवडा, रुकमणी सेडाँई, निर्मला रिसाल, कविता जैसवाल, कविता इटनी, दिपा सिवाकोटी, मनिषा भण्डारी, उर्मीला आचार्य, अर्चना रेग्मी, हजुरी चन्द, सोनी कुमारी रज्जक, राधा कार्की, पवित्रा पौडेल र सन्जु कुमारीलाइ पनि केन्द्रीय सदस्य मनोनित गरिएको अध्यक्ष मिनाकुमारी खरेलले जानकारी दिएकी छन।
यसैबीच कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले भने महिला संघको केन्द्रीय समितिमा भएको मनोनयनको जानकारी फेसबुक बाट पाएको भन्दै फेसबुकका जन्मदाता मार्क जुकरबर्गप्रति आभार र नबनियुक्त सदस्यहरुलाई बधाई दिएका छन उनले फेसबुकमा लेखेको कुरा यस्तो छ। ‘नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा सदस्यहरू मनोनीत हुनुभएको कुरा Facebook मार्फत थाहा पाएँ। कमसेकम Facebook बाट भए पनि जानकारी प्राप्त भयो। Facebook का जन्मदाता मार्क जुकरबर्गप्रति आभार व्यक्त गर्दछु। साथै, मनोनीत सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई छ।’














