Play

कांग्रेसका पुर्व सभापति एबम पुर्व प्रम शेरबहादुर देउवा र आरजु देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

गुरुकुल खबर


काठमाडौँ, सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री एबम नेपाली काँग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवालाई पक्राउ नगर्न/नगराउन भनी अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट निवेदक र सरकारी पक्षको तर्क सुनेपछि सोमबार अन्तरिम आदेश जारी गर्दै देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ । काठमाडौं जिल्ला अदालतबाट चैत २४ गते जारी भएको पक्राउ पुर्जी स्वत: निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।  यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेकाले पक्राउ रोक्नका लागि अन्तरिम आदेशको माग गरिए पनि सर्वोच्चले तत्काल त्यस्तो आदेश दिन भने अस्वीकार गरेर दुवै पक्षको बहस सुनेर मात्र निर्णय गर्न उपयुक्त हुने भनेको थियो । देउवाका तर्फबाट जेठ १ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

हाल देउवा दम्पति नेपाल बाहिर रहेको छन जेनजी पुस्ताको नाममा भदौ २३ र २४ मा भएको विद्रोहका क्रममा देउवा दम्पतिमाथि उनीहरुको निवासमै आक्रमण भएको थियो। गम्भीर घाइते भएका देउवा दम्पति त्यसपछि उपचारको शिलशिलामा सिंगापुर गएको र पछिल्लो समय उनीहरु हंगकंगमा रहेको बताइएको छ।

११ जेष्ठ २०८३, सोमबार १८:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा