Play

पोखरा स्पोर्ट्स अवार्डमा पुरुषतर्फ प्रदीप खड्का र महिला तर्फ नारायाणी भण्डारी बने ‘वर्ष उत्कृष्ट खेलाडी’

गुरुकुल खबर


पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा बिहिबार पोखरामा  आयोजित १० औं पोखरा स्पोर्ट्स अवार्डमा पुरुष तर्फ टेनिस खेलाडी प्रदीप खड्का र महिला तर्फ एथ्लेटिकस खेलाडी नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी भएका छन् ।  पुरुषतर्फको विधाको मनोनयनमा खड्कासँगै जुडोका विज्ञान टि खत्री र भलिबलका सञ्जुविक्रम शाह थिए । महिलातर्फ भण्डारीसँगै जुडोकी मनिषा तामाङ र आर्चरीकी मोनिका रानामगर मनोनयनमा परेका थिए ।

अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्ड भलिबलका खेलाडी राजन दर्लामीमगरले प्राप्त गरेका छन् । यस विधामा दर्लामीसँगै फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र क्रिकेटका विपित खत्री मनोनयनमा परेका थिए । दर्शकको भोटका आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने दर्लामीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

खल्ती एपमार्फत प्राप्त भोटलाई यस विधामा मान्यता दिइएको थियो । अवार्ड २०८२ अन्तर्गत टाइफ एचिभ्मेन्ट अवार्डबबाट एथ्लेटिक्सका खेलाडी टिकाबहादुर बोगटी सम्मानित भएका छन् । २ पटक ओपम्पिकमा सहभागी बनेका एथलेटिक्स खेलाडी बोगटीलाई चाँदीको करुवा, अवार्ड, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

अवार्डमा वर्ष उत्कृष्ट खेल संघ, संस्था कास्की जिल्ला क्रिकेट संघ, वर्ष उदीयमान खेलाडी ब्याटमिन्टनकी निभा राई, स्पेशल अवार्ड पारा खेलाडी सुस्मा तामाङ, वर्ष उत्कृष्ट प्रशिक्षक सिद्धान्त अधिकारी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीननाथ बराल सम्मानित भएका छन् । उनीहरुले अवार्डसँगै जनही नगद ३ं५ हजार रुपैयाँ र सम्मान पत्र पाएका छन् ।

अवार्ड प्राप्त खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकास केसी लगायतले अवार्डसहित सम्मान गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको स्रोत र साधनले भ्याएसम्मको कार्यक्रम गरिरहेको बताए । सीमित स्रोतका बाबजुद गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीलाई मासिक भत्ता उपलब्ध गराइरहेको उनले जानकारी दिए । ‘गण्डकी प्रदेशलाई खेलकुदको माध्यमबाट विकास गर्दैै संघ र प्रदेश सरकार मिलेर मुस्ताङमा हाइ अल्टिच्युट मैदान बनाउँदै छौै,’ उनले भने, ‘यसको उद्देश्य पनि गण्डकी प्रदेशलाई साहसिक खेलको माध्यमबाट विश्वमाझ परिचित गराउने हाम्रा लक्ष्य छ ।’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले इभेन्टको सहरमा पोखरा स्पोर्ट्स अवार्डले अर्को रौनक थपेको बताए । यस अवार्डलाई पोखरा महानगरले अभिभाकत्व प्रदान गर्ने गरी कार्यपालिकामा छलफल गरिरहेको पनि उनले बताए।

१ जेष्ठ २०८३, शुक्रबार १४:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा