Play

पोखरामा पत्रकारको लागि तथ्यांक पत्रकारिता तालिम

गुरुकुल खबर


पोखरा, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले आयोजना गरेको तथ्यांक पत्रकारिता (डेटा ड्रिभन) को अन्तिम चरणको तालिम आइतबारदेखि सुरु भएको छ ।
पहिलो हप्ता भौतिक तालिम त्यसपछिको छ हप्ता अनलाइन र अन्तिम हप्ता पनि भौतिक गरी कुल ८ हप्तासम्म तालिम सञ्चालन हुनेछ । जसमध्ये अन्तिम
चरणको भौतिक तालिम आइतबारदेखि सुरु भएको हो ।

तालिमको उद्धाटन सत्रमा बोल्दै प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारकै आवश्यकताको आधारमा तालिम राखिएको बताइन । पत्रकारको दक्षता वृद्धिका
लागि अनेकन अड्चन झेलेरै भएतापनि यो प्रकृतिको तालिम आयोजना गरिएको उनको भनाई छ । उनले तालिमपश्चात पत्रकारले अरूलाई पनि सिकाउन सक्नेगरि दक्ष बन्नेमा विश्वास गरिन ।

तालिममा सहभागी युवराज श्रेष्ठले रजिष्ट्रारको कार्यालयले आवश्यकता अनुसार उत्कृष्ट तालिम आयोजना गरेको भन्दै आगामी दिनमा पनि यस्तै प्रकृतिका तालिम सञ्चालन गर्न आग्रह गरे ।

तालिमका स्रोतव्यक्ति चेतना कुँवरले सबै सहभागीमा सिक्ने इच्छा उत्कृष्ट रहेको बताइन । अर्का स्रोत व्यक्ति उमेश श्रेष्ठले दोश्रो चरणको भौतिक कोर्षबाट तालिममा सहभागी अझै दक्ष बन्ने विश्वास गरे ।

२८ बैशाख २०८३, सोमबार ०९:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा