Play

भुर्तेल बन्धु समाज कास्कीमा नयाँ समिति, अध्यक्षमा बिरेन्द्रराज भुर्तेल

गुरुकुल खबर


पोखरा, भुर्तेल बन्धु समाज नेपाल, कास्कीको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनले वीरेन्द्रराज भुर्तेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। शुक्रबार सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दुर्गा शर्मा भुर्तेल, सचिवमा चिरंजीवी भुर्तेल, सहसचिवमा गंगा ओझा भुर्तेल तथा कोषाध्यक्षमा विष्णुप्रसाद भुर्तेल चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष भुर्तेलले समाजलाई थप सशक्त, एकीकृत र सक्रिय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यसमितिको सदस्यहरूमा सूर्यप्रसाद, कलिङ केसी भुर्तेल, दीपक, विनोद, पुष्पा र कृष्ण चयन भएका छन्। अधिवेशनको उद्घाटन पूर्व प्रमुख जिल्ला अधिकारी कृष्णमणि भुर्त्यालले गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गर्ग गोत्रीय ऋषिद्वारा भगवान रामका पुत्र लव–कुशको न्वारन गरिएको ऐतिहासिक प्रसंग उल्लेख गर्दै समाजको एकता र सांस्कृतिक पहिचानको संरक्षणमा जोड दिए।

कार्यक्रममा समाजमा विभिन्न ढंगले योगदान पुर्याउने व्यक्तित्वहरूसचिन भुर्तेल, रिवाज भुर्तेल, सीए दीपक भुर्तेल, राधाकृष्ण भुर्तेल, सीता भुर्तेल, दीपक भुर्तेल, जगन्नाथ ओझा, सोमराज भुर्तेल र भोजराज भुर्तेललाई सम्मान गरिएको थियो।

२० बैशाख २०८३, आईतवार २१:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा