पोखरा, नेपाल दशनामी समाज महिला केन्द्रीय समितिको अधिवेशन पोखरामा हुने भएको छ । यहि वैशाख २६ गते पोखरामा हुने अधिवेशनलाई सम्पन्न गर्न दशनामी समाजका केन्द्रीय उपाध्यक्ष सरस्वती गिरी संयोजक रहेको मुल आयोजक समिति गठन् गर्नुको साथै विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
बैठकले आर्थिक संकलन उपसमिति संयोजकमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, सहसंयोजकमा प्रदेश महिला समितिका अध्यक्ष मिना गिरी र सदस्यमा शुशिला गिरीलाइ चयन गरेको छ । अतिथि सत्कार तथा सम्मान सयोजकमा दशनामी महिला समाज कास्कीका अध्यक्ष सपना गिरी, सदस्यहरुमा सुनिता गिरी र पारु गिरी पार्वतीलाइ चयन गरेको छ ।
मञ्च ब्यवस्थापन तथा खानाखाजा ब्यवस्थापन समितिको संयोजकमा बेबराज गिरी र सहसंयोजकमा बोधराज गिरी र युवा स्वंयमसेवक व्यवस्थापन समितिको संयोजकमा सूर्य गिरी, सहसंयोजकमा कविता गिरी र सदस्यमा सरस्वती पुरी रहेकी छन । आवास ब्यवस्थापन समितिको संयोजकमा दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीलाई चयन गरिएको छ ।
निर्वाचन उपसमितिको संयोजकमा अधिवक्ता गोविन्द गिरी, प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा भुपेन्द्र गिरी र सदस्यमा कविता गिरी र प्रचार प्रसार समितिको संयोजकमा पत्रकार एकराज गिरीलार्ई चयन गरिएको छ ।
समितिहरु गठन गर्न आयोजित भेलामा नेपाल दशनामी समाजक केन्द्रीय बरिष्ठ उपाध्यक्ष तारा गिरीेले महाधिवेशनलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।बैठकमा केन्द्रीय सचिव जगतमोहन गिरी, केन्द्रीय सदस्य शारदा गिरी, दशनामी गण्डकी प्रदेश सचिव बेबराज गिरी, प्रदेश महिला समिति अध्यक्ष मिना गिरी, प्रदेश सचिव शुशिला गिरी,कास्की जिल्ला सचिव बोधराज गिरी, महिला जिल्ला समिति अध्यक्ष सपना गिरी, दशनामी जिल्ला महिला समिति सदस्य कविता गिरी, पारु गिरी पार्वती गिरी लगायतले महाधिवेशन सफल बनाउन आफनो तर्फबाट सहयोग गर्ने प्रद्धिबद्धता ब्यक्त गरे ।
अधिवेशनमा दशनामी समुदाय अन्तर्गतका गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम, आरण्य तथा तिर्थ समूहका महिला दिदीबहिनीहरूको सहभागिता रहने बताइएको छ । नेपाल दशनामी समाज केन्द्रीय कार्यसमितिको आयोजनामा हुन लागेको उक्त अधिवेशनमा समाजका विभिन्न गतिविधि, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे छलफल गरिने जनाइएको छ ।
नेपाल दशनामी समाज २०५४ सालमा स्थापना भएको र हाल ६७ जिल्लामा समाजका जिल्ला समिति गठन भएका छन् । देशभरबाट प्रतिनिधि र पर्यबेक्षक गरेर करिब ३ सय जना सहभागी हुने अपेक्षा गरिएको संयोजक सरस्वती गिरीले जानकारी दिइन् ।














