Play

घाचोक, माछापुच्छ्रे समाज र राष्ट्रसेवक समाजको भित्तेपात्रो लोकार्पण र शुभकामना आदानप्रदान

गुरुकुल खबर


पोखरा, घाचोक, माछापुच्छ- पोखरा सम्पर्क समाजले प्रकाशन गरेको २०८३ सालको भित्तेपात्रोको विमोचन एबम नयाँ बर्षको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। सोही कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाज माछापुच्छ्रे गाउँपालिका समितिले प्रकाशन गरेको भित्तेपात्रो समेत लोकार्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङ, घाचोक,माछापुच्छ्रे पोखरा- सम्पर्क समाजका अध्यक्ष तोयनाथ बैरागी र निवृत्त राष्ट्रसेवक समाजका अध्यक्ष हरिचन्द्र गौतमले भित्तेपात्रो लोकार्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद गुरुङले आफ्नो जन्मथलो, जन्मेको स्थानको रितीथिति र परम्परालाई विर्सन नहुने बताए । ‘आफ्नो जन्मस्थान र जन्मभूमिप्रतिको दायित्व जहाँ रहेपनि सदैव रहन्छ । समाजले आफ्ना सदस्यको दुःख र सुखमा सँधै साथमा रहेर काम गर्नुपर्छ र सामाजिक संस्थाले राजनीतिक मुद्धा बोकेपनि तर राजनीतिक दलको झोला बोक्न भने हुन्न ।” प्रदेश सांसद गुरुङले भने।

घाचोक,माछापुच्छ्रे- पोखरा समाजका अध्यक्ष तोयनाथ लम्सालले स्थापनाको छोटो समयै समाजले धेरै सृजनशील काम गरेको बताउँदै समाजका सदस्यहरुको दुःख सुःखमा सँधै साथमा रहेर काम गर्दै उल्लेख गरे ।

कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाज कास्कीका इन्चार्ज तथा माछापुच्छ्रेका संयोजक पूर्ण गिरी, अध्यक्ष हरिचन्द्र गौतम, वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ, घाचोक,माछापुच्छ्रे पोखरा समाजका सल्लाहकार मिनप्रसाद लम्साल लगायतले नयावर्षको शुभकामना व्यक्त गर्दै समाजका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन समाजका सचिव जगत गुरुङ गरेका थिए । कार्यक्रममा समाजका सल्लाहकार मिनराज लम्साल, माछापुच्छ्रे -३ का पुर्व वडाध्यक्ष सूर्यप्रसाद लम्साल, समाजका पदाधिकारी तथा सदस्यहरु तथा निवृत्त राष्ट्रसेवक समाजका सदस्यहरुको उपस्थिति रहेको संचारकर्मी कृष्ण दवाडीले गुरुकुल खबरलाई जानकारी दिएका छन।

६ बैशाख २०८३, आईतवार १८:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा