Play

कांग्रेस नेता एबम पुर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

गुरुकुल खबर


काठमाडौँ, सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री एबम नेपाली काँग्रेसका नेता दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहितको इजलासले खड्कालाई रिहा गर्ने आदेश गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता खड्काको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि यस अगाडी सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो।

यसअघि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा,राजस्व अनुसन्धान विभागको अनुरोधपत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म पेस गर्न आदेश दिएको थियो ।

खड्कालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी विनीता थापाले सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

३ बैशाख २०८३, बिहीबार १९:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा