पोखरा, अन्तराष्ट्रिय स्वयमसेवी संस्थाको रुपमा स्थापित रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२ को १९ औं गभर्नर बन्नको लागि नेपालको बिभिन्न रोटरी क्लबबाट प्रतिनिधित्व गर्ने पांचजनाको बिचमा प्रतिष्पर्धा हुने भएको छ। शुक्रबार देखि पोखरामा हुने रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२ को १८ औं डिष्ट्रिक कन्फरेन्स अर्थात महाधिबेशनबाट गभर्नर बन्नको लागि अमित गिरि, रमा कंडेल, विष्णुहरी दाहाल, कौशलेन्द्र दासको साथै राजेन्द्र शाक्य चुनाबी प्रतिष्पर्धामा छन। यस अगाडी डिष्ट्रिक गभर्नर बन्ने अवसर एकजना महिला राज्यलक्ष्मी शाहले मात्र प्राप्त गरेकोमा यस पटक रमा कंडेल दोश्रो महिला गभर्नर बन्ने दौडमा लागेर उमेदवारी दर्ता गराएको बताइएको छ ।
रोटरी इन्टरनेसनल डिष्ट्रिक वा आबद्ध क्लबमा जिम्मेवारी लिनेहरुको कार्यकाल एक बर्षको हुने गर्छ र नेतृत्वको चयन दुई बर्ष अगाडी नै गर्नुपर्ने प्राबधान रहेको छ। सोहि अनुरुप पोखरामा हुने महाधिबेशनबाट आगामी बर्ष २०२८/२०२९ को लागि नयाँ गभर्नर चुन्न लागिएको हो। हाल अर्थात २०२५/२०२६ मा रोटरीको डिष्ट्रिक गभर्नर पोखराका बिनोद कोइराला रहेको छन भने बर्ष २०२६ /२०२७ को लागि गभर्नरमा बिष्णु क्षेत्री र २०२७/२०२८ को लागि आइपी ढकाल निर्बाचित भैसकेका छन। पोखरामा हुने यो महाधिबेशनबाट निर्बाचित हुनेले दुई बर्षपछि अर्थात बर्ष २०२८/२०२९ को लागि गभर्नरको जिम्मेवारी सम्हाल्न पाउनेछन ।
डिष्ट्रिक अन्तर्गत रहेका क्लबको अध्यक्ष रहेर काम गरिसकेको, इन्टरनेसनल कन्फरेन्समा सहभागिता जनाइसकेको र डिष्ट्रिकको कुनै पनि जिम्मेवारीमा बसिसकेको रोटरीयन डिष्ट्रिक गभर्नरको लागि योग्य मानिन्छ। सोहि अनुरुप पांच जनाले उमेदवारी दर्ता गराइसकेको छन। यसका साथै एक कार्यकाल काठमाडौँ उपत्यका भित्रबाट र अर्को कार्यकाल काठमाडौँ उपत्यका बाहिरबाट गभर्नर चुन्ने आन्तरिक समझदारी रहेको कारण यस पटक काठमाडौँ उपत्यका भित्रका पांच जनाले प्रतिष्पर्धा गर्न लागेको बताइएको छ। गभर्नरको निर्बाचनमा १ सय ६१ क्लबबाट करिब २ सय १० जना मतदाता रहेको डिष्ट्रिक गभर्नर बिनोद कोइरालाले गुरुकुल खबरलाई जानकारी दिए।

सन् १९५७ मा भारतको कलकत्ताको रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९० को मातहतमा नेपालमा पहिलो पटक रोटरी क्लब अफ काठमाडौँको स्थापना गरेर रोटरी भित्रिएको थियो। त्यसपछिका दिनमा रोटरीको बिस्तार हुँदै जाँदा २००८ मा नेपालमा नै डिष्ट्रिक ३२९२ ले मान्यता पाएको थियो। त्यसपछि भुटानमा रहेको एउटा क्लबसमेत यहि डिष्ट्रिकमा आबद्द रहँदै आएको छ। भुटानमा हालसम्म एउटा मात्र रोटरी क्लब रहेकोमा यसै बर्ष क्लबको संख्या बढ्ने भएको बताइएको छ। रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२ अन्तर्गत नेपालका १ सय ६१ र भुटानको एउटा क्लबमा करिब ६ हजार सदस्य रहेको छन भने १ सय ८० रोट्रयाक्ट र १ सय ५० जति इन्टरयाक्ट क्लब पनि आबद्द् छन।
यस अगाडी पोखराबाट किरणलाल श्रेष्ठले डिष्ट्रिकको १२ औं गभर्नरको जिम्मेवारी सम्हालेका थिए भने हालका गभर्नर बिनोद कोइराला पनि पोखराबाट नै गभर्नर बन्न सफल भएका हुन्। काठमाडौँ बाहिर बिराटनगर, भैरहवा र भरतपुरबाट पनि यस अगाडी केहिले गभर्नरको जिम्मेवारी सम्हालिसकेका छन। काठमाडौँ उपत्यका भित्र रोटरी क्लबको संख्या धेरै रहेकोले पनि एक बर्ष काठमाडौँ उपत्यका र अर्को बर्ष काठमाडौँ बाहिरबाट गभर्नर चुन्ने आन्तरिक समझदारी बनेको बुझिएको छ।
बिशेषगरि द्वन्द न्यूनीकरण र शान्ति स्थापना, आधारभूत शिक्षा र साक्षरता, रोग नियन्त्रण एबम स्वास्थ्य जांच, आर्थिक विकास, बाताबरण, सफाई र मातृ तथा शिशु स्वास्थ्य लगायतका सातवटा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको रोटरीमा बिभिन्न पेशा र ब्यबसायमा संलग्न व्यक्तित्वहरुको सहभागिता रहेको छ। डिष्ट्रिक कन्फरेन्सको बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गभर्नर कोइरालाले नेपालका बिभिन्न अस्पतालहरुमा बिभिन्न स्वास्थ्य उपकरणहरु बिधालय भवन, कम्प्युटर ल्याब. एम्बुलेन्स सेवा लगायतका सामाजिक र मानबिय काममा रोटरी इन्टरनेसनलले सहयोग गर्दै आएको बताए ।
पोखरामा शुक्रबार अर्थात बैशाख ४ गतेबाट शुरु हुने महाधिबेशन तिन दिनसम्म चल्नेछ। महाधिबेशनमा देशका बिभिन्न रोटरी क्लबबाट करिब १ हजार ५ सयजनाको सहभागिता रहने छ। महाधिबेशन सम्पन्न गर्न करिब २ करोड खर्च लाग्ने अनुमान गरिएको भएपनि सहभागिहरु स्वयमले नै उक्त खर्चको ब्यबस्थापन गर्ने बताइएको छ। ‘कन्फेरेन्समा आउने सहभागि आँफैले बस्ने खाने लगायतको खर्च ब्यबस्थापन गर्नुहुनेछ भने आयोजक संस्थाले कार्यक्रमस्थलमा बिभिन्न सेसन संचालन गर्नको लागि आबश्यक लजिस्टिक र सामान्य खर्चमात्र व्यहोर्छ। ‘ सम्मेलन संयोजक लक्ष्मी गिरि थापाले पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिने क्रममा भनिन ।

पोखरामा हुन् लागेको सम्मेलनलाई सफल पार्न लक्ष्मी गिरि थापा संयोजक रहेको मूल समिति र बिभिन्न २० वटा उपसमिति बनाइएको छ जसअनुसार रजिस्ट्रेसन उपसमितिमा नारायण प्रसाद शर्मा र देबेन्द्र पराजुली, आर्थिक उपसमितिमा इबिन्द्र तिवारी र बिष्णुहरी तिमिल्सिना, कार्यक्रम उपसमितिमा संजय गिरि र जितेन्द्र बहादुर राजभण्डारी, फन्ड रेजिंग उपसमितिमा दिनेश प्रसाद श्रेष्ठ र अर्जुन थापा, कार्यक्रम स्थल ब्यबस्थापन उपसमितिमा इश्वर प्रसाद कर्माचार्य र महेश्वर पहारी, खाना ब्यबस्थापन उपसमितिमा बिष्णु अग्रवाल र राजकुमार गुरुङ, सुरक्षा उपसमितिमा विश्वप्रसाद कर्माचार्य र शिबप्रसाद पराजुलीलाई क्रमश संयोजक र सहसंयोजक राखिएको छ।
यसैगरी आवास व्वस्थापन उपसमितिमा सन्तोष पोखरेल र बासु त्रिपाठी, मनोरंजनतर्फ जसमाया गुरुङ र शान्ति श्रीस, स्टल ब्यबस्थापन तर्फ पवनरमण खनाल र उर्दिप कुमार श्रेष्ठ, उपहार ब्यबस्थापन तर्फ बाबुराम बराल र महेशबिर बज्राचार्य, संचार समन्वय उपसमितिमा रबिन्द्र बाँस्तोला र शोभाकान्त सिग्देल, रिफ्रेसमेन्ट तर्फ माधव प्रसाद बराल र शालिकराम बांस्तोला, प्रोजेक्ट शोकेस उपसमितिमा बिनोद ह्योजू र बिरबहादुर कार्की, स्पाउस इन्गेजमेन्ट तर्फ मिनु श्रेष्ठ कुँवर र गीता सिग्देल, सदस्य सुरक्षा र स्वास्थ्य तर्फ दिलिप शर्मा र तेजबहादुर गुरुङ, अतिथि सत्कारतर्फ राजेन्द्र लिगल र दिनेश श्रेष्ठ, सुचना प्रबिधि तर्फ छोंग्वा शेर्पा र रोशन रानाभाट, सार्जेन्ट एट आर्म्स तर्फ बिनिता प्रधान जोशी र रमेशप्रसाद कोइरालालाई तथा प्रकाशन उपसमितिमा पुरन कुँवर र बाबुराम बराललाई संयोजक र सहसंयोजक राखिएको छ ।
पोखरामा हुन् लागेको यो सम्मेलनले पोखराको पर्यटन प्रबर्द्दनमा समेत टेवा पुग्ने बिश्वास ब्यक्त गर्दै गभर्नर कोइरालाले सम्मेलनको पहिलो दिन उद्घाटनसत्र सहित बिभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई भोकेसनल अवार्डबाट सम्मान गरिने कार्यक्रम रहेको जानकारी दिए । दोश्रो दिन रोटरीका बिभिन्न कमिटि मार्फत भएका गतिविधिको समिक्षा र तेश्रो दिन बर्ष २०२८/२०२९ को लागि डिष्ट्रिक गभर्नरको निर्बाचन सहित सम्मेलन सम्पन्न गर्ने कार्यक्रम रहेको छ। बिहिबार आयोजित पत्रकार सम्मेलनमा गभर्नर कोइराला सहित सम्मेलन संयोजक लक्ष्मी गिरि थापा र संचार समन्यव उपसमितिका संयोजक रबिन्द्रनाथ बाँस्तोला लगायतले सम्मेलनका बारेमा जानकारी गराएका थिए ।















