Play

समुदायको सहयोगमा जेनजी आन्दोलनमा क्षतीग्रस्त बगर प्रहरी कार्यालय सहितका संरचनाको पुननिर्माण

गुरुकुल खबर


पोखरा, जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलको क्रममा क्षतीग्रस्त बनाइएको वडा प्रहरी कार्यालय वगरको भवन पुननिर्माण गरिएको छ ।आन्दोलनको क्रममा वडा प्रहरी कार्यालय वगरमा आक्रमण गरि त्यहाँको भौतिक संरचना तथा कार्यालय भवन र व्यक्तिगत सामाग्रीहरुमा समेत आगजनी गरिएको थियो त्यसपछि यसको पुननिर्माण गर्ने जिम्मा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरले लिएको थियो ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठको संयोजकत्वमा केन्द्रका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरु सदस्य रहने गरि भवन पुननिर्माण समिति गठन गरिएको थियो । पुननिर्माण समितिले स्थानिय संघ संस्था, व्यवसायी, आमा समूह, युवा क्लब तथा प्रतिष्ठित व्यक्तित्वहरुबाट प्राप्त नगद ४ लाख १० हजार ४ सय ३० र ३५ लाख ८९ हजार ८ सय ५० रुपैया बरावरको जिन्सी सामाग्री गरी ४० लाख २ सय ८० रुपैया खर्च गरेर कार्यालय भवन, व्यारेक भवन र मेसको पुननिर्माण गरिएको हो ।

पुननिर्माण गरिएका सम्पूर्ण संरचना आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीको रोहवरमा पुननिर्माण समितिका संयोजक पुरुषोत्तम श्रेष्ठ र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटालाई हस्तान्तरण गरेका थिए । वडा प्रहरी कार्यालय परिसरमा बनेका अधिकांश संरचना जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा क्षती भएपछि सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरको सहयोगमा पुननिर्माण गरिएको हो ।

‘जव हेर्दा हेर्दै वडा प्रहरी कार्यालय वगरमा भएका भौतिक संरचनासँगै यहाँका सम्पूण सामाग्री आगो लागेर खरानी भयो, त्यतिखेर यहाँका प्रहरी साथीहरु हामी माझ आएर आँखाबाट आसु र पिडा सुनाउनुभयो, हामी भावविह्लल भयौ’ त्यो दिन सम्झदै श्रेष्ठले भने, ‘स्थानीयकै सहयोगमा बनेको भवनसगै सम्पूर्ण सामग्री नष्ट भएपछि प्रहरीको मनवोल बढाउँदै सम्पूर्ण निर्माण काम हामी गर्छौ भनेर अठोट गरेर यो काम सम्पन्न भएको छ।’ श्रेष्ठले भने

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै‘त्यो वेलाको पिडा समझदा अहिलेपनि मन झसंग हुने गरेको बताए, ‘प्रहरीका समस्यालाई वुझेर सामुदायिक सेवा केन्द्र वगरले गरेको यो पहलकदमी सधै सम्झनामा आइरहने छ’ उनले भने ।’ समुदायको सक्रिय सहभागिताले नै वडा प्रहरी कार्यलय वगर क्षेत्रभित्र जनसंख्या बढेपनि अपराधका घटनामा कमि आएको उनले बताए  ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक तथा सूचना अधिकारी तुल बहादुर कार्कीले वगरको सामुदायिक सेवा केन्द्रका हरेक गतिविधि उत्कृष्ट रहेको बताए । पोखरा महानगर पालिका वडा नं. २ का वडा अध्यक्ष दिवसमान प्रधानांगले सार्वजनिक सम्पत्तीमा भएको आगजानी जसले गरे पनि गलत हुने बताउँदै प्रहरीका हरेक गतिविधिमा महानगरको साथ रहने बताए ।

सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले वगर सामुदायिकले उदाहरणीय काम गरेको बताए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका कोषाध्यक्ष कमल प्रसाद बास्तोलाले पुननिर्माणको आम्दानी र खर्चको वारेमा जानकारी गराएका थिए । उक्त अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरले प्रकाशन गरेको भित्ते पात्रोको विमोचन समेत गरिएको थियो ।

कार्यक्रममा भवन पुननिर्माणमा सहयोग गर्ने वडा प्रहरी कार्यालय वगरका प्रहरी नायव निरीक्षक यान बहादुर कुँवर, प्रहरी वरिष्ठ हवल्दार लक्ष्मी खत्री, प्रहरी वरिष्ठ हवल्दार तुलसीराम तिमिल्सीना, ट्राफिक प्रहरी हवल्दार वुद्धि लामिछाने, प्रहरी सहायक हवल्दार भोला नाथा पौडेल, प्रहरी सहायक हवल्दार विनोद बहादुर केसी र एसीजोमालाई सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरले सम्मान गरेका थियो ।

त्यस्तै पुननिर्माणमा खटिएका पुननिर्माण समितिका संयोजक पुरुषोत्तम श्रेष्ठ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारी, सचिव कृष्ण बहादुर तामा·, कोषाध्यक्ष कमल प्रसाद बास्तोला सदस्य चित्रबहादुर थापा, प्रहरी हवल्दार गौतम कुमार हायु र परमेश्वरको मण्डली विश्व सूसमाचार समाजलाई वडा प्रहरी कार्यलय वगरले प्रशंशा पत्र प्रदान गरेको थियो ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय वगरका प्रमुख तथा प्रहरी निरीक्षक रामप्रसाद सापकोटा, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सिता गुरुङ, सचिव कृष्ण बहादुर तामांग त्रिशक्ति सेवा समाजका अध्यक्ष प्रविन सुवेदी, ढिकुरपोखरी समाजकी अध्यक्ष लक्ष्मी अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए ।

  • प्रकाशचन्द्र सापकोटा

१ बैशाख २०८३, मंगलवार १८:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा