पोखरा । नेपाली नयाँ वर्ष प्रवेशको अबसरमा पोखरामा हुँदै आएको फेवा नवबर्ष महोत्सबमा यस बर्ष बिगतको भन्दा बढी आन्तरिक एबम बाह्य पर्यटकहरु पोखरा भित्रिएको अनुमान आयोजकहरुले गरेका छन। पोखरा बाहिरबाट आएका पर्यटकहरुको कारण पोखराको लेकसाइड क्षेत्रमा रहेका होटेलमा पाहुनाको चाप बढेको बताइन्छ। पोखरा होटल संघका अध्यक्ष समत रहेका महोत्सब आयोजक समितिका संयोजक लक्ष्मण सुबेदीका अनुसार यतिबेला पोखराको लेकसाइड क्षेत्रका होटलहरु ९० प्रतिशत बढी भरिभराउ अबस्थामा चलेका छन ।
नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको बताउंदै अध्यक्ष सुवेदीले गुरुकुल खबरसंग भने, नेपाली नयाँ वर्षकै अवसरमा संघले संचालन गर्दै आएको फेवा नववर्ष महोत्सवको २१औँ संस्करणका कारण पनि पोखरामा पर्यटकको आगमन बढेको छ यो हाम्रो लागि खुसीको कुरा हो ।’
अर्का होटल ब्यबसायी सन्तोष पोखरेल पनि महोत्सब लगायतका बिभिन्न इभेन्ट्सको कारण पोखरा बाहिरबाट आउने पर्यटकहरुको संख्या बढेको बताउछन्। उनि भन्छन ‘अन्य समयमा लेकसाइड क्षेत्रमा आएका अधिकांश मानिस स्थानीय हुने गर्छन। तर, महोत्सब अबधिमा पोखरा बाहिरबाट आउने पर्यटकहरुको संख्या अरुबेला भन्दा उल्लेखनीय रुपमा बढेको छ । लेकसाइड क्षेत्रमा महोत्सबका गतिबिधि नियाल्दै हिंडेका उनले सडकमा हिंडेका करिब ९० प्रतिशत मानिस पोखरा बाहिरबाट आएको बताए ।

प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण चासो र चर्चा कमाएको पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुका साथै यसको प्रवर्द्धनमा निरन्तर गरिएका प्रयाससँगै पर्यटकको आगमन पनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् । पोखरामा घुम्न आउने पर्यटकहरुको संख्याको अनुपातमा रेस्टुरेन्ट ब्यबसायमा भने अपेक्षा गरिएअनुरुपको कारोबार हुन् नसकेको रेस्टुरेन्ट ब्यबसायी बिरेन्द्र शेरचनले गुरुकुल खबरसंग बताए।
पोखरामा घुम्न र मनोरंजन लिन बाहिरबाट पोखरा आउनेहरु एबम पोखरा बजारको आसपासबाट सवारी साधन लिएर आउनेहरु भने महोत्सब क्षेत्रमा खानपिन गर्न समेत अप्ठेरो मान्ने गरेको बताइन्छ। सवारी साधन लिएर आएकाहरुलाई खानपिन गरेर फर्किने क्रममा सडकको ठाउँ ठाउमा चेकजाँच गर्न भन्दै बसेका ट्राफिक प्रहरीको कारण झन्झट व्यहोर्नुपर्ने र जरिवाना समेत तिर्नुपर्ने भन्दै रेस्टुरेन्टहरुमा बबस्ने र खानपिन गर्ने प्रबृत्तिमा कमि आएको बुहिएको छ।

महोत्सब अबधिमा लेकसाइड क्षेत्रमा पुगेका स्थानीय ब्यबसायी एबम राजनीतिक कार्यकर्ता पुष्पराज पराजुलीले अंग्रेजी नयाँ बर्ष प्रवेशको अबसरमा रेबानले गर्ने सडक महोत्सबको तुलनामा होटल संघले नेपाली नयाँ बर्ष प्रवेशको अबसरमा गर्दै आएको फेवा नवबर्ष महोत्सबका पछिल्लो शृंखलामा आन्तरिक र बाह्यपर्यटक हरुको संख्या बढ्दै गएको आंफुले पाएको बताए । पोखरा क्षेत्रमा कुल एक हजार दुई सय होटेल रहेकामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सकिने अध्यक्ष सुवेदीले बताए ।















