Play

फेवा नवबर्ष महोत्सबको तयारीमा तिब्रता, तीनलाख बढी आन्तरिक र बाह्य पर्यटक सहभागी बन्ने बिश्वास

गुरुकुल खबर


पोखरा, नेपाली नयाँ बर्षको अबसरमा पोखरा होटल संघले बर्षेनी आयोजना गर्दै आएको फेवा नवबर्ष महोत्सवमा यस पटक बिगतको तुलनमा बढी पर्यटक आउने बिश्वास आयोजकले गरेका छन । यस बर्ष मौसम राम्रो रहेको, चुनाब सकिएको कारण राजनीतिक दलहरुबीच द्वन्द हुने अबस्था नरहेको, मुलुकमा शान्ति सुरक्षाको अबस्था प्रभावकारी बन्ने अपेक्षा गरिएको र पोखरामा हुने महोत्संबको बारेमा पूर्वी नेपाल सहित बिभिन्न स्थानमा बिभिन्न किसिमले प्रबर्द्दन गरिएको कारण पोखरामा आउने आन्तरिक एबम बाह्य पर्यटकहरुको संख्या बढ्ने अनुमान आयोजकहरुले गरेका छन।

चैत २९ देखि आगामी वैशाख १ गतेसम्म पोखरा होटल संघले पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको सडकमा गर्ने महोत्सवमा सहभागी बन्न तीन लाख बढी आन्तरिक तथा बाह्य पर्यटक पोखरा आउने अनुमान महोत्सब आयोजक पोखरा होटल संघ नेपालले गरेको छ । पोखरामा आयोजना हुने २१ औं फेवा नवबर्ष महोत्सवको तयारीबारे जानकारी दिन विहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवका अवसरमा होटलको अकुपेन्सी दर ९० प्रतिशतसम्म पुग्ने बिश्वास समेत ब्यक्त गरे ।

महोत्सब आयोजक समितिको संयोजक समेत रहेका सुबेदीका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।  होटल संघ पोखरा नेपालमा करिब ४ सय २५ वटा होटल आबद्ध रहेको र १५ हजार बढी कर्मचारीले रोजगारी पाएका बताइएको छ।

खहरेचोक देखि सहिदचोकसम्मको सडकमा पर्यटन, संस्कृति र खानालाई महत्व दिएर महोत्सव सञ्चालन गरिने भएको छ। महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन् । इ–सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि इ–सेवाले अगाडि सारेको छ ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पंचैबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता महोत्सवका प्रमुख आकर्षण हुन् । सांस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी र पप कन्सर्टका कार्यक्रम पनि हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरेबाट निकालिने झाँकी अम्बोटमा पुगेपछि औपचारिक उद्घाटन समारोह सुरु हुने छ ।

यसपटकको महोत्सवमा सडकको बिभिन्न स्थानमा रहेका चौताराहरूमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने र चैत्र २९ गतेदेखि बैशाख १ गतेसम्म पञ्चेबाजाका १५ समूहले बाजागाजा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महोत्सवमा परम्परागत कला संस्कृतिलाई पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनाउने अभियानमा आँफुहरु लागेको महोत्सब आयोजक समितिका संयोजक सुबेदीले जानकारी दिए।

पर्यटकहरूलाई लक्षित गरेर बिबिध सांस्कृतिक एबम सांगीतिक कार्यक्रमसँगै खाना प्रदर्शनी, परम्परागत पञ्चेबाजा प्रतियोगिता, पर्यटक दौड प्रतियोगीता पनि गरिने भएको छ । महोत्सव अवधिभर होटल संघसंग आबद्द होटलले आंफ्नो दररेटमा २५ प्रतिशत छुट दिने जनाएका छन भने इ–सेवाबाट होटल बुक गर्दा १० प्रतिशतसम्म क्यास ब्याक दिने अफर इ–सेवाले अगाडि सारेको छ ।

महोत्सव सफल बनाउन होटल संघ पोखराले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा नेपालका विभिन्न सहरहरूमा जाउँ है पोखरा अभियानको माध्यमबाट फेवा नववर्ष महोत्सवको लागि निमन्त्रणा पनि गरिसकेको छ । लुम्बिनी प्रदेशका संचारकर्मीमार्फत् पश्चिमका बासिन्दालाई पनि महोत्सवमा सहभागिताका लागि संघले आमन्त्रण गरेको छ ।

फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केवलकार लि, इ–सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् । इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सव प्रबर्द्दकमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश, पोखरा महानगर पालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश रहेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने र आयोजकपोखरा होटल संघका निवर्तमान अध्यक्ष विकल तुलाचन र संघका सचिव पार्वता पाण्डेले लगायतले महोत्सबको बिबिध पक्षहरुको बारेमा जानकारी गराएका थिए ।

१९ चैत्र २०८२, बिहीबार २०:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा