Play

ओली र लेखकलाई पक्राउ गर्नुपर्ने कारणसहित २४ घण्टामा लिखित जवाफ दिन सर्वोच्चद्वारा सरकारलाई निर्देशन

गुरुकुल खबर


काठमाडौँ,  नेकपा एमालेका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एबम पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका  न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले ओलीको हकमा र न्यायाधीश कुमार रेग्मीको एकल इजलासले लेखकको हकमा सोमबार यस्तो आदेश दिएका हुन् । अदालतले उनीहरूलाई जरुरी पक्राउ पुर्जी दिएर हिरासतमा राख्नुको आधार र कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

भदौ २३ र २४ गतेको ‘जेन-जी’ पुस्ताको नाममा भएको आन्दोलनमा गरिएको दमनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सरकारले पुर्व प्रधानमन्त्री ओली र पुर्व गृहमन्त्री लेखकलाई शनिबार पक्राउ गरेको थियो । ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।

ओलीको रिटमाथि बहस गर्दै वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, राधेश्याम अधिकारी र डा. विजयप्रसाद मिश्रले पूर्वप्रधानमन्त्री जस्तो सुरक्षा घेरामा रहने व्यक्तिलाई ‘भाग्न सक्ने’ भन्दै जरुरी पक्राउ पुर्जी जारी गर्नु असंवैधानिक भएको जिकिर गरे । उनीहरूले अनुसन्धानका लागि हिरासत बाहिरै राखेर सहयोग लिन सकिने तर्क गर्दै सरकारले पूर्वाग्रह राखेर पक्राउ गरेको बताए । यस्तै पूर्वमहान्यायाधिवक्ता रमेश बडालले ओलीलाई हाजिर जमानीमा छाड्नुपर्ने माग गरे ।

यसअघि आइतबार जिल्ला अदालत काठमाडौँले दुवैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै सरकारी वकिलले म्याद थपको माग गरेका थिए । स्वास्थ्य अवस्थाका कारण ओली अस्पतालमै रहेकाले उनलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो भने लेखकलाई प्रत्यक्ष रूपमा इजलास लगिएको थियो । सर्वोच्चले अब सरकारको जवाफ आएपछि यस विषयमा थप निर्णय लिनेछ ।

१६ चैत्र २०८२, सोमबार २२:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा