Play

पोखरा, लुम्बिनी र चितवनको पर्यटन प्रबर्द्दनको लागि सिल्भर ट्रयाङ्गलको अवधारणा

गुरुकुल खबर


पोखरा, पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ । होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा पोखरामा लुम्बिनी प्रद्रेशका संचारकर्मीसँग गरेको अन्तरसम्बाद कार्यक्रमा उक्त विषय उठान गरिएको हो । उल्लेखित तीन क्षेत्रलाई समेटेर सिल्भर ट्रयाङ्गलको अवधारणा अन्तर्गत पर्यटन प्रबर्द्दन गर्न सकिने विषय त्यस अवसरमा उठान गरिएको थियो ।

विगतमा काठमाडौं, चितवन र पोखरालाई समेटेर गोल्डेन ट्रयाङ्गलको चर्चा हुने गरेको स्मरण गराउँदै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा, लुम्बिनी र चितवनलाई सिल्भर ट्रयाङ्गलको रुपमा अगाडि बढाउन सकिने बताए । पोखरा पर्यटनको राजधानी भएका कारण मुख्य हवको रुपमा विकास गरी लुम्बिनी र चितवनलाई समेत समेटेर पर्यटन तथा व्यवसायिक आदानप्रदान र प्रबर्द्दनका गतिविधि संचालन गर्न सकिने सुझाव लामिछानेले राखे ।

होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले १० बर्षे द्वन्द्वकालमा पोखरा आउने पर्यटक संख्यामा भारी गिरावट आएपछि आन्तरिक पर्यटक प्रबर्द्दन स्वरुप जाउँ है पोखरा अभियान सुरु गरिएको बताए । पराजुलीले सिल्भर ट्रयाङ्गलको अवधारणा पर्यटन प्रबर्द्दनको लागि प्रभावकारी हुनसक्ने भनाई राखे । बुटवल र पोखरा जोड्ने मार्गलाई फाष्ट ट्रयाकका रुपमा विकास गर्न सके पोखरा र लुम्बिनीको पर्यटनमा सकारात्मक प्रभाव पर्ने उनको भनाई थियो।

संघले हालै मात्र पूर्वी नेपालमा पाँच दिने जाउँ है पोखरा अभियान सम्पन्न गरेको र सोही सन्दर्भमा पश्चिम नेपाललाई समेत समेट्ने गरी लुम्बिनी क्षेत्रका संचारकर्मीसँग यो अन्तरक्रिया आयोजना गरको हो । कार्यक्रममा बोल्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आफूहरुले विगतमा पश्चिम नेपालमा समेत यस्तो अभियान संचालन गरेको स्मरण गराउँदै लुम्बिनी क्षेत्रका संचारकर्मी स्वयं पोखरामा उपस्थित हुनु सुखद पक्ष भएको बताए ।
यही चैत २९ देखि आगामी बैशाख १ गतेसम्म पोखरामा संचालन हुने २१ औं फेवा नवबर्ष महोत्सवमा आउने पाहुनालाई संघ अन्तर्गतका होटलले भारि छुट प्रदान गर्ने पनि उनले जानकारी गराए । बुद्ध जन्मस्थलको रुपमा लुम्बिनी विश्वप्रसिद्ध रहेको बताउँदै अध्यक्ष सुवेदीले पोखराका पर्यटकीय सम्पदाका बारेमा चर्चा गरेका थिए ।

सो अवसरमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी र पोखरा महानगरपालिका व्यवसाय प्रबर्द्दन केन्द्र पोखराका प्रमुख नबराज अधिकारीले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका कोषाध्यक्ष नेत्रप्रसाद पौडेलले गरेका थिए ।

१५ चैत्र २०८२, आईतवार २०:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा