Play

‘अभि–अभिनन्दन’ समारोहमा विश्व सन्देश आदानप्रदान गर्दै ‘विश्व रङ्गमञ्च दिवस’ मनाइयो

गुरुकुल खबर


काठमाडौं, संसारभरका रङ्गकर्मी र रङ्गप्रेमीहरुले विश्व रङ्गमञ्च दिवस मार्च २७ मनाउने क्रममा नेपालमा ‘अभि–अभिनन्दन’ समारोहका बीच विश्व सन्देश आदानप्रदान गर्दै मनाइएको छ । नाट्यकलाको विश्व संगठन इन्टरनेशनल थिएटर इन्टिच्युटको नेपाल सेन्टर आइटिआइ नेपालले नेपाली रङ्गमञ्चमा अनुकरणीय योगदान पुर्याउनुहुने प्रा.डा.अभि सुवेदीलाई सम्मान–अभिनन्दन गरेका हो ।

डा. सुवेदीलाई उनैले लेखेका नाटकहरुका पात्रहरुले नै मञ्चीय प्रस्तुतिका साथ अभिनन्दन गरिएको हो । उनका मञ्चन भएका नाटकहरुका पात्रहरुको भूमिकामा अभिनय गर्ने कलाकारहरुमध्ये भोला सापकोटा, घिमिरे युवराज, सरस्वती चौधरी, कार्म, सरोज अर्याल, पवित्रा खड्का, दिलिप रानाभाटले मञ्चीय प्रस्तुतिका साथ सम्मान गरेका हुन् ।

डा. सुवेदीको नेपाली रङ्गमञ्चमा नाटककार, अनुसन्धानकर्ता, समिक्षक तथा नाट्य अभियन्ताका रुपमा विशिष्ट योगदान छ । अभिनन्दन पछि उनले नेपाली रङ्गमञ्चको उभारप्रति खुशी व्यक्त गर्दै आइटिआइको गतिशिलतामाथि चर्चा गरे ।

समारोहमा नाट्यकलाको विश्व संगठनबाट जारी विश्व सन्देशको नेपाली भावानुवाद रङ्गकर्मी सरस्वती चौधरीले वाचन गरेका थिए । यस वर्ष अमिरिकी प्रख्यात रङ्गकर्मी तथा चलचित्रकर्मी विलियम डाफोले प्रविधिको युगमा रङ्गमञ्चको अर्थ र महत्व झनै बढेको उल्लेख गर्दै रङ्गमञ्च थप जिम्मेवार हुनुपर्नेे विश्व सन्देश दिएका थिए ।

शिल्पी थिएटर बत्तीसपुतलीमा आयोजित विश्व रङ्गमञ्च दिवस समारोहबाटै आइटिआइ नेपालको पुनः स्थापनाको औपचारिक घोषणा समेत गरिएको छ । करिब एक दशकदेखि आइटिआइ वल्र्डसँग विच्छेद भएको सम्बन्धलाई यस पुनः स्थापनाले जोडेको छ ।

पुनः स्थापित आइटिआइ नेपालको कार्यकारी बोर्डमा केदार श्रेष्ठ, गुञ्जन दिक्षित, देव न्यौपाने, सुशिलालक्ष्मी महर्जन, मोतीबहादुर कार्की (परिवर्तन), पवित्रा खड्का, सिजन दाहाल छन् । जसलाई आइटिआइ वल्र्डको कार्यकारी समितिले अनुमोदन गरिसकेको छ ।

१५ चैत्र २०८२, आईतवार ०९:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा