पोखरा, नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जा जलश्रोत र सिंचाई ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको बताइएको छ ।
काठमाडौँको लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका खड्काको जेनजी आन्दोलनका बेला निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।















