Play

ओली र लेखकको पक्राउ संबिधान र कानुन बिपरित भएकोले तत्काल रिहा गर्नुपर्छ – कांग्रेस नेता खड्का

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित उपसभापति पूर्णबहादुर खड्काले पार्टीका नेता  एबम पुर्व गृहमन्त्री रमेश लेखक र एमाले अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटना संविधान र प्रचलित कानुन विपरीत रहेकोले दुवैलाई यथाशीघ्र रिहा गर्न माग गरेका छन। नेपाली कांग्रेसको कार्यबाहक सभापति उल्लेख गरेर खड्काले जारी गरेको विज्ञप्तीमा ओली र लेखकलाई पक्राउ गरिएको घटनाले संवैधानिक र कानुनी प्रश्न उब्जाएको उल्लेख गरेका छन।

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनमा घाइते भएका तत्कालिन सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी एबम तत्कालिन परराष्ट्र मन्त्री आरजु देउवामाथि सांघातिक आक्रमण र निवासमा आगजनी र लुटपाट गरिएपछि देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएका थिए।

तर पुषको अन्तिममा तत्कालिन महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको अगुवाईमा बिशेष महाधिबेशन गरेर थापा नेतृत्वमा केन्द्रीय समिति घोषणा गरिएको थियो । पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय समितिका बहुमत पदाधिकारी र सदस्यहरुले भने थापा नेतृत्वको समितिलाई अझै पनि स्वीकार गर्न सकेको छैनन। जसका कारण समितिको आधिकारिकता सम्बन्धि विषय यतिबेला सर्वोच्च अदालतमा विचाराधीन छ।

अदालतबाट निर्णय नभैसकेको कारण खड्काले कार्यबाहक सभापतिकै रुपमा बिज्ञप्ती जारी गरेर आंफ्नो धारणा सार्बजनिक गर्दै कार्की आयोगको प्रतिबेदन पक्षपातपूर्ण रहेको उल्लेख गरेका छन। ‘आयोगको कार्यादेश बमोजिम भाद्र २३ र २४ गते दुबै दिनको घटनाको छानबिन गर्नुपर्नेमा भाद्र २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनाको क्षति, राजनीतिक दलका कार्यालयहरू र व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्ति माथी भएको नोक्सानी र संलग्न व्यक्तिहरु बारे बिल्कुल मौन रहनुबाट पनि प्रतिवेदन पक्षपातपूर्ण भएको प्रष्ट हुन्छ।’ खड्काले भनेका छन।

‘आयोगले अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनिएकोमा कुनै पनि प्रक्रिया पूरा नगरी तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप छ, राजनीतिकरूपमा पुर्वाग्रह प्रेरित छ,’ विज्ञप्तीमा भनिएको छ। ‘सरकार गठन भए लगत्तै दुराशयपूर्ण तबरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ।

यस कार्यको संबैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिबाद गर्ने नेपाली कांग्रेस तयार छ। कार्यबाहक सभापति खड्काको नामबाट जारी बिज्ञप्तीमा भनिएको छ।

बिज्ञप्तीको पूर्ण पाठ यसप्रकार रहेको छ ..

१४ चैत्र २०८२, शनिबार २०:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा