Play

बिभिन्न क्षेत्रमा योगदान पुर्याउने कोशी प्रदेशका व्यक्तित्वलाई ‘कोशी एक्सिलेन्स अवार्ड’ प्रदान

गुरुकुल खबर


बिराटनगर, समाजका विभिन्न क्षेत्रमा बिभिन्न किसिमबाट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई शनिबार ‘कोशी एक्सिलेन्स अवार्ड’ २०२६  बाट सम्मान गरिएको छ । इटहरीमा सम्पन्न कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको हो । नयन मिडिया फाउन्डेसनको आयोजनामा सम्पन्न कोशी प्रदेशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई एउटै मञ्चमा सम्मान गरिएको थियो प्रदेशको पहिचान, सम्भावना र सिर्जनशीलतालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रबर्द्दन गर्ने लक्ष्यका साथ् कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए ।

समारोहमा कृषि विधातर्फ डिल्लीराज उप्रेती, शिक्षा विधातर्फ उमेश श्रेष्ठ, स्वास्थ्य विधातर्फ डा. वीरेन्द्र विष्ट, सामाजिक विधातर्फ दिनबन्धु गोयल, पत्रकारिता विधातर्फ अखण्ड भण्डारी, साहित्य विधातर्फ अनिल पौडेल, खेलकुद विधातर्फ अञ्जिला तुम्बापो सुब्बा, सूचना प्रविधि विधातर्फ सरोज राउत, अटोमोबाइल विधातर्फ विष्णुकुमार अग्रवाल, संगीत विधातर्फ प्रमोद खरेल, बैंकिङ विधातर्फ सन्तोष कोइराला, इन्सोरेन्स विधातर्फ सन्तोष प्रसाई, पुँजी बजार विधातर्फ चूडामणि चापागाईं, कर्पोरेट विधातर्फ मोती दुगड, उद्यमशीलता विधातर्फ रक्तिम जोशी प्याकुरेल तथा स्टार्टअप विधातर्फ नरकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो । यसैगरी जनता बहुमुखी क्याम्पसका डा. कृष्णप्रसाद तिम्सिना, राजन श्रेष्ठ, डा. कृष्ण दुलाल, राजकुमार कार्की, रमण नेपाल, डा. सरदा खड्का, तुलसीप्रसाद घिमिरे र टेकनाथ सिटौलालाई विशेष सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा मुख्य सल्लाहकार महाप्रसाद अधिकारीले यस्ता कार्यक्रम निरन्तर रूपमा आयोजना हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले अवार्डले सकारात्मक ऊर्जा प्रदान गरेको बताए । सोही अवसरमा नयन मिडिया फाउन्डेसनले दुर्घटना बिमा कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, महासंघ कोशीका अध्यक्ष भरत खड्का र इन्सोरेन्स प्रतिनिधि भेषराज थापाबीच सम्झौता भएको छ । त्यसैगरी, प्रदेशखबर डटकमले सञ्चालन गरेको निर्वाचन विशेष कार्यक्रममा उत्कृष्ट रिपोर्टिङ गर्ने दुई पत्रकारलाई पनि सम्मान गरिएको छ । जसमा विराटनगरबाट किशोर बुढाथोकी र झापाबाट सुरेन्द्र भण्डारी नगदसहित पुरस्कृत भएका छन् ।

 

८ चैत्र २०८२, आईतवार १०:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा