Play

पाल्पामा टिप्पर दुर्घटना, टिप्परमा सवार चालकसहित चारजनाको मृत्यु

गुरुकुल खबर


पोखरा, पाल्पा जिल्लाको माथागढी गाउँपालिकामा एउटा खालि टिप्पर दुर्घटना हुँदा टिप्परका चालक सहित चारजनाको ज्यान गएको छ माथागढी गाउँपालिका –४ झडेवाबाट वडा नम्बर ७ रहबासतर्फ रहेको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर गएराती दुर्घटनामा परेको हो। दुर्घटनामा चालक सहित चार जना सवार रहेकोमा चार जनाकै ज्यान गएको हो । दुर्घटनाग्रस्त टिप्पर सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार (चालक), सोही स्थानका २६ वर्षीय सुनिल बि.क., रुपन्देही जिल्लाको देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पा जिल्लाको तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन चिदी रहेका छन्।

दुर्घटनामा गम्भीर अबस्थामा भेटिएका चार जनालाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको भएपनि तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए भने गम्भीर घाइते भएका चिदीलाई उपचारका लागि भैरहवा मेडिकल कलेज, रुपन्देही रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।

तस्बिर – माधव अर्याल / कान्तिपुर

८ चैत्र २०८२, आईतवार ०८:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा