Play

ज्योति विकास बैङ्कद्वारा पोखरा -३३ को कालिका माविलाई कम्प्युटर सहयोग

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका –३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई ज्योति विकास बैङ्क, पोखरा शाखाले कम्प्युटर प्रदान गरेको छ ।
बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।

शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रेशमलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मालाई कम्प्युटर हस्तान्तरण गरे ।

सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका श्रेष्ठले बैङ्कले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र आफ्नै ठाउँको विद्यालयलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाले कालिकाका पूर्वविद्यार्थीहरूको प्रगति देखेर विद्यालय परिवारले सधैँ गौरव गर्ने बताउँदै प्रतिभाशाली विद्यार्थी उत्पादनमा कालिका लागिरहेको जानकारी दिए ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका ज्योति विकास बैङ्कलाई धन्यवाद ज्ञापन गरे । विद्यालयकी सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको स्वागतमा भएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रुपिन्द्र प्रभावीले गरेका थिए । सो अवसरमा बैङ्कका कर्जा अधिकृत दीपेन्द्र शर्मा र सेवाग्राही शाखाकी सविना क्षेत्रीले बैङ्कले दिने सेवासुविधाका बारेमा प्रकाश पारेका थिए ।

७ चैत्र २०८२, शनिबार १०:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा