Play

पोखरामा पहिलो पटक १८ डी सिनेमा संचालनमा, साहसिक गतिबिधि र मनोरन्जनको लागि आकर्षण बन्ने

गुरुकुल खबर


पोखरा, पोखरामा पहिलोपटक शुक्रबारदेखि १८ डी सिनेमा सञ्चालनमा आएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखराको लेकसाइडमा साहसिक गतिविधिका लागि मनोरञ्जनका लागि नयाँ आयामको रुपमा चिनिएको १८ डी सिनेमा संचालनमा ल्याएको हो । १८ डी सिनेमा नेपालमा काठमाडौँ पछि पहिलो पटक पोखरामा संचालन गरिएको फ्लाइ नेपाल इन्टरटेनमेन्टले जनाएको छ।

पोखराको लेकसाइड स्थित डिज्नील्याण्डमा सञ्चालनमा ल्याइएको १८ डी सिनेमाको उद्घाटन बरिष्ठ कलाकार राजेश हमालले शुक्रबार गरेका हुन । हमालले १८ डी सिनेमाको संचालनसंगै सिनेमाको सहर पोखराले फरक शैलीको अनुभव गर्न पाउने बताए । ‘पोखरा आफैंमा सुन्दर सहर हो । यहाँ धेरै सिनेमा सुटिङ हुने गर्छन् । सिनेमाको विजनेशको हिसाबले पनि पोखरालाई राम्रो मानिन्छ । यो सिनेमा मात्र नभएर एउटा नयाँ संसारको यात्रा हो,’ उनले भने ।

फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा सफलतापूर्वक सञ्चालनपछि दर्शकको अत्यधिक माया र सकरात्मक प्रतिक्रियाले पोखरामा विस्तार गरिएको जनाए । काठमाडौंको भन्दा पोखराको १८ डी प्रविधिमा राम्रो रहेको उनको भनाइ छ । उच्च प्रविधि र सिर्जनात्मक कथालाई संयोजन गर्दै आम दर्शकलाई नयाँ किसिमको मनोरञ्जनको अनुभव प्रदान गर्नु फ्लाइ ओभरको लक्ष्य रहेको उनले सुनाए ।

फ्लाइ नेपाल इन्टरटेनमेन्टका निर्देशक हिमाल थापाले साहसिक गतिविधिको सहर पोखरामा सिनेमाको अनुभव अझै फराकिलो बन्ने बताए । ‘अब पोखरेली दर्शकले साहसिकता केवल बाहिरी संसारमा मात्र नभई भित्री रुपमा पनि अनुभूत गर्न पाउँछन्,’ उनले भने। ‘यो सिनेमाका धेरै विशेषता छन् । १० देखि ३० मिनेटसम्म रोमाञ्चक फिल्मको अनुभव गर्न सकिन्छ । कुनै चश्मा वा हेडसेट बिना पनि प्रत्यक्ष अनुभति लिनको लागि सबै उमेर समूहलाई उपयुक्त हुने बताइन्छ।

७ चैत्र २०८२, शनिबार १०:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा