काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ यस पटकको महाधिबेशनलाई पनि एकताको महाधिबेशन भनिएको कारण यस महाधिबेशनबाट घोषित कार्यसमितिमा रहनेहरुको संख्या बिगतको भन्दा धेरै रहेको छ । एनआरएनए भित्रका सबै पक्षलाई मिलाउन ठुलो कार्यसमिति घोषणा गरिएको बताइएको छ ।
निर्वाचन समितिले मंगलवार राति घोषणा गरेको कार्यसमितिको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन निर्वाचित हुँदा उपाध्यक्ष पदमा झण्डै दुई दर्जनलाई राखिएको निर्वाचन समितिका सदस्य टीबी कार्कीले जानकारी दिए ।

यस्तै महासचिवमा डा चिरञ्जीवी खड्का, उपमहासचिव ६ जना, सचिव १२ जना सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना निर्वाचित भएका छन् । यसैगरी प्रवक्तामा सोम सापकोटा निर्वाचित भए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष द्वय डा बद्री केसी र महेश श्रेष्ठका साथै पूर्वअध्यक्ष आरके शर्मा, विनोद कुँवरलगायतको सहभागिता रहेको थियो । शनिबारदेखि सुरु भएको एनआरएनएको १२औँ महाधिवेशन नयाँ नेतृत्व घोषणा गर्दै सम्पन्न भएको हो । नयाँ कार्यसमितिमा पर्नेहरुको नामावली यस प्रकार रहेको छ ।
अध्यक्ष:
डा. हेमराज शर्मा
वरिष्ठ उपाध्यक्ष:
रविन शेरचन
उपाध्यक्षहरू:
१. रामशरण सिंखडा
२. खगेन्द्र न्यौपाने
३. मनोज कुमार श्रेष्ठ
४. रोजिना प्रधान राई
५. रोशन थापा
६. प्रविण गुरुङ
७. बुद्धि सुवेदी
८. चिन्तामणि सापकोटा
९. दधिबल खड्का
१०. दिनेश पोखरेल
११. रविन बज्राचार्य
१२. गोपीकृष्ण काफ्ले
१३. डा. ज्ञानेन्द्र रेग्मी
१४. जुनु गुरुङ
१५. कमलमणि गुरागाईं
१६. लोकप्रसाद दाहाल
१७. भनेन्द्र ओली
१८. पूर्णचन्द्र बानियाँ
१९. टंकप्रसाद गैरे
२०. विश्वदीप तिगेला
२१. तिलक गैरे
महिला उपाध्यक्ष:
राधिका गुरुङ ‘टिका’
युवा उपाध्यक्ष:
भिमसेन थापा
महासचिव:
डा. चिरञ्जीवी खड्का
उपमहासचिव:
१. अनुजा प्रधान
२. वेदराज बस्नेत
३. दिनेश कुमार घिमिरे
४. पारसमणि पोख्रेल
५. राजेन्द्र अर्याल
६. स्वतन्त्र प्रताप शाह
सचिव:
१. अभिमन्यु बस्नेत
२. दिपेश खत्री
३. मदनराज पौडेल
४. माधव दुलाल
५. मोहम्मद मुक्तदा मुसलमान
६. प्रसुन्ना कडेल
७. शिव प्रसाद पौडेल
८. सुजन अधिकारी
९. सुजन केसी खत्री
१०. सुपेन्द्र घिसिङ
११. यज्ञनारायण पौडेल
१२. भवानी प्रसाद तिम्सिना
१३. रमेश भट्ट
महिला सचिव:
अमृता थापा कञ्चन
कोषाध्यक्ष:
कृष्णप्रसाद तिम्सिना
सह-कोषाध्यक्ष:
१. अब्दुल बासिद
२. विमल सुवेदी
महिला सह-कोषाध्यक्ष:
गंगा खतिवडा
महिला संयोजक:
रश्मि थापा
युवा संयोजक:
नविन निउरे
क्षेत्रीय संयोजकहरू:
अफ्रिका संयोजक: मनोज विक
अमेरिका संयोजक: भुवन खरेल
एसिया प्यासिफिक संयोजक: दिपक प्रसाद कडेल
युरोप संयोजक: रोबर्ट लिम्बु
मध्यपूर्व संयोजक: रमेश श्रेष्ठ
ओसेनिया (अस्ट्रेलिया) संयोजक: रमेश जोशी
क्षेत्रीय उप-संयोजक / सह-संयोजकहरू:
अमेरिका उप-संयोजक: नेत्र पाण्डे, सम्राट थापा
एसिया प्यासिफिक सह-संयोजक: भबिन्द्र बस्नेत, छत्र बहादुर दाहाल, लाल सिंह खड्का
युरोप सह-संयोजक: तिलकराम भट्टराई
मध्यपूर्व सह-संयोजक: विकल झा, विकास शाही, विश्वनाथ श्रेष्ठ, करिम बक्स मिया
ओसेनिया उप-संयोजक: छवि प्रसाद सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले
क्षेत्रीय महिला संयोजकहरू:
एसिया प्यासिफिक महिला संयोजक: संगिता अधिकारी
युरोप महिला संयोजक: बाबा राजेश्वरी थापा
मध्यपूर्व महिला संयोजक: सरिता भण्डारी
क्षेत्रीय महिला सह-संयोजकहरू:
युरोप महिला सह-संयोजक: राधा सिग्देल किरण
मध्यपूर्व महिला सह-संयोजक: मन्जु मल्ल उचाई
क्षेत्रीय युवा संयोजकहरू:
एसिया प्यासिफिक युवा संयोजक: राम थापा ‘अनिल’
युरोप युवा संयोजक: शिव सागर बुढाथोकी
मध्यपूर्व युवा संयोजक: सुजन सापकोटा
क्षेत्रीय युवा उप-संयोजकहरू:
युरोप युवा उप-संयोजक: अम्मान गौचन
मध्यपूर्व युवा उप-संयोजक: बासुदेव सापकोटा
दोस्रो पुस्ता संयोजक:
दीपमाला ढकाल
प्रवक्ता :
सोम सापकोटा















