पोखरा, हर्क साम्पांग अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फबाट प्रतिनिधिसभाको सदस्य बन्ने चारजनाको नाम टुंगो लगाएको छ।
प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतका आधारमा श्रम संस्कृति पार्टीले चार जनालाई सिफारिस गरेको हो।
सिफारिस गरिएका नामहरुमा आदिबासी महिला तर्फ मन्दिरा मोक्तान, खस आर्य महिला तर्फ अम्बिका संग्रौला रहेका छन
यसैगरी दलित महिला तर्फ राधिका रम्तेल र आदिबासी जनजाति पुरुष तर्फ पूर्ण लिम्बू रहेको श्रम संस्कृति पार्टीले जनाएको छ ।
३० फाल्गुन २०८२, शनिबार १७:५४ मा प्रकाशित














