Play

चुनाबमा खटिएका १३ जना निर्बाचन प्रहरीको ड्युटीमै बस्दा ज्यान गयो, प्रहरी जवानकै सरह परिवारलाई सुबिधा दिईने

गुरुकुल खबर


काठमाडौँ, प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा खटिएका १३ जना निर्वाचन प्रहरीलेले ज्यान गुमाएका छन् । १० जिल्लाका १३ निर्वाचन प्रहरीले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका हुन् ।  नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीको नियुक्ति लिइसकेपछि काममा खटिएकै अवस्थामा उनीहरूको ज्यान गएको हो । जिम्मेवारी निर्वाहका क्रममा निर्वाचन प्रहरीको मृत्यु भएमा प्रहरी जवानको मृत्यु हुँदा नजिकका हकवालालाई दिइने सुविधासरह नै उसका परिवारलाई सुविधा दिइने व्यवस्था छ ।

रुपन्देहीको सिद्दार्थ नगरनगरपालिका–९ का २५ वर्षीय बाबुराम यादव र बैतडीको दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको २० माघमा निधन भएको थियो । ६ फागुनयता बाँकी ११ जनाको मृत्यु भएको हाे । सोही वडाका महादेव ओड, बैतडीकै मेलौली नगरपालिका–६ का राजेन्द्रप्रसाद भट्ट, धनुषाको धनौजी गाउँपालिका–४ का ३७ वर्षीय राजेशकुमार पासवान, बाराको आदर्शकोतवाल गाउँपालिका–४, इनर्वाका २५ वर्षीय शेख जसमैद, महोत्तरीको मटिहानी–७ का २३ वर्षीय राजाबाबु रामले पनि निर्वाचन प्रहरीका रुपमा खटिएकै बेला ज्यान गुमाए ।

रौतहटको गुजरा–२, चोचाटोलका १९ वर्षीया जेश्मी चौधरी, नवलपरासीको सरावल गाउँपालिका–२, मनरीका २० वर्षीय सुरज चमार, राैतहटको फतुवा बिजयपुर नगरपालिका–७ का २४ वर्षीय पवन साह, कञ्चनपुरको लालझाडी गाउँपालिका–३, बल्मीका ३५ वर्षीय मानसिंह राना, नुवाकोटको बिदुर नगरपालिका–९ का ४० वर्षीय बेगबहादुर तामाङ र सिन्धुपाल्चोकको बाहृबिसे नगरपालिका–४, ओख्रेनीका ४७ वर्षीय नकुल भण्डारीको ज्यान गएको छ

प्रहरी प्रवक्ता काफ्लेले निर्वाचन सुरक्षाजस्तो गहन जिम्मेवारी निर्वाह गर्ने क्रममा भएको निर्वाचन प्रहरीको निधन देशकै लागि अपुरणीय क्षति रहेको बताए । ४० दिन कार्यअवधि तोकेर १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका १ लाख ४९ हजार ९० जना नेपाली नागरिक निर्वाचन प्रहरीमा भर्ना भएका थिए । २१ फागुनको निर्वाचन, त्यसअघि र गणना अवधिभर प्रहरी र सशस्त्रको सहयोगी बनेर निर्वाचन प्रहरी फिल्डमा खटिएका थिए ।

जसमध्ये नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ९० र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जनालाई निर्वाचन प्रहरीमा भर्ना गरेर खटाएका थिए । नेपाल प्रहरीमातहत खटिएका निर्वाचन प्रहरीलाई मतदानस्थल सुरक्षामा प्रहरीको सहयोगीका रुपमा परिचालन गरिएको थियो भने सशस्त्रले बाहिरी सुरक्षा घेराको जिम्मेवारीअनुसार आफ्नो सहयोगी फौजका रुपमा परिचालन गरेको थियो ।

२९ फाल्गुन २०८२, शुक्रबार १३:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा