Play

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्याको अभियोगमा ४ जना पक्राउ, काठमाडौँमा पनि प्रदर्शन

गुरुकुल खबर


सुर्खेत, सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका चारै जना १८ वर्षमुनिका नाबालकहरूलाई नियन्त्रणमा लिएको हो।

गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर–१ बस्दै आएकी इनिसा फागुन २३ गते बिहान ६ बजे ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी थिइन्। वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत उनी अबेरसम्म घर नफर्किएपछि खोजी सुरु भएको थियो। १६ वर्षीया इनिषा फागुन २३ गते बिहान वीरेन्द्रनगर-४, सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तले सामूहिक बलात्कार गरेको भन्दै २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिषाको बलात्कारपछि मृत्यु भएको पुष्टि भएको जनाएको छ । सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउसमेत गरेको जनाएको छ ।

मृतकका आफन्तले इनिसाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा ‘कर्तव्य ज्यान र जबरजस्ती करणी’ को जाहेरी दिए। जाहेरी र अनुसन्धानको आधारमा प्रहरीले फागुन २३ गते एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा २४ गते थप तीन जना किशोरहरूलाई पक्राउ गरिएको छ।

यसैबीच, गत शनिबार वीरेन्द्रनगर-४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका इनिषा विकको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित युवाले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले ‘जस्टिस फर इनिषा विक’, ‘दलितमाथि बलात्कार र हिंसा बन्द गर’, ‘महिला अधिकार सुनिश्चित गर’, ‘वि वान्ट जस्टिस’ र ‘महिला शोषणविरुद्ध एक हौं’ लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए ।

 

२८ फाल्गुन २०८२, बिहीबार ११:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा