पोखरा, रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको सदस्यमा उमेदवारी दिएका ऋषि धमला (पत्रकार) ले ६ सय ५५ मत पाएका छन त्यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलले ठुलो मतान्तर सहित विजय प्राप्त गरेका छन्। धमलाले आम जनता पार्टीबाट त्यस क्षेत्रमा उमेदवारी दिएका थिए ।
शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सांसदमा निर्बाचित पौडेलले ३६ हजार ८७६ मत पाएका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत मात्र प्राप्त गरेका थिए भने आम जनता पार्टीबाट उमेदवार बनेका ऋषि धमलाको जमानत समेत जफत भएको छ। प्राप्त मतसंख्याको आधारमा ऋषि धमला छैटौं स्थानमा पुगेका छन ।
त्यस निर्बाचन क्षेत्रबाट उमेदवारी दिएकाहरु मध्ये नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराईले ९ हजार ७७८, नेकपा एमालेका रामजी शाह सोनारले ३ हजार ४७८, जनता समाजबादी पार्टीका रामकुमार दासले १ हजार ६२ मत पाएका छन । अन्य ५ जना उमेदवारको मत १ हजार भन्दा कम र अन्य २५ जना उमेदवारको मत १ सय भन्दा कम रहेको छ ।















