Play

महतोको घरमा आगजनी र डकैती गर्नेलाई कारागार पठाउन आदेश, १ अर्ब ६४ करोड क्षति भएको दाबि

गुरुकुल खबर


काठमाडौँ, गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष तथा उद्यमी डा. उपेन्द्र महतोको काठमाडौँको नक्सालस्थित घरमा तोडफोड, आगजनी र डकैती गरेको अभियोग लागेका सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले थुनछेक बहसपछि अभियुक्तहरूलाई कारागार पठाउने आदेश जारी गरेको हो ।

उनीहरूविरुद्ध सरकारी वकिलको कार्यालयले ’आपराधिक उपद्रव’ र ’डाँका’ सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको नाममा भएको आन्दोलनका क्रममा उधोगी महतोको घर भित्र प्रवेश गरेर प्रदर्शनकारीले क्षति पुर्‍याएका थिए । अभियोगपत्र अनुसार प्रदर्शनकारीले डा.महतोको घरमा पार्किङ गरिएका टोयोटा ल्यान्ड क्रुजर प्राडो र किया कम्पनीका गाडीहरूमा आगजनी गर्नुका साथै घरका भौतिक संरचना ध्वस्त पारेका थिए ।

महतोले आफ्नो घरबाट बहुमूल्य गरगहना, नगद, बाघमा सवार भएको दुर्गा माताको मूर्ति र ‘बोल्यांड सुपर’ लेखिएको घडी लगायतका सामग्री   डकैती गरिएको भन्दै १ अर्ब ६४ करोड २४ लाख ५३ हजार ८१६ रुपैयाँ बराबरको क्षतिपूर्ति (बिगो) दाबी गरेका थिए उनको दाबि र अदालतले प्राप्त प्रमाण र तथ्यहरूका आधारमा अभियुक्तहरूलाई तत्काल धरौटीमा छाड्न नमिल्ने ठहर गर्दै मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार थुनामा जाने सातजनामा झापाका आमिर पोखरेल, काभ्रेका सुदिप तामाङ, ओखलढुङ्गाका सुशील ढुङ्गाना, काठमाडौँका श्रीकृष्ण महर्जन, काठमाडौँकै नरेन्द्र महर्जन, सिन्धुपाल्चोकका अभिषेक बस्नेत र दोलखाका मिलन तामाङ रहेका छन् । प्रहरीले अभियुक्त अभिषेक बस्नेतको कोठाबाट लुटिएको मूर्ति र घडी बरामद गरेको थियो ।

साथै, घटनास्थलको सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा अभियुक्तहरूको संलग्नता प्रष्ट देखिएको दाबी सरकारी पक्षले गरेको थियो । प्रतिवादीहरूले पनि बयानका क्रममा आफूहरू घटनास्थलमा पुगेको र तोडफोड भएको देखेको स्वीकार गरेका थिए।

१९ फाल्गुन २०८२, मंगलवार २१:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा