Play

कोशी प्रदेशमा चुनाब बहिष्कार अभियान तिब्र बन्दै, क्रान्तिकारी कम्युनिष्ट पार्टीका दुई नेता पक्राउ

गुरुकुल खबर


बिराटनगर, यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कोशी प्रदेशमा राजनीतिक सरगर्मी बढ्दो छ। निर्वाचन बहिष्कार अभियानको नेतृत्व गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई जना नेतालाई प्रहरीले इटहरीबाट पक्राउ गरेपछि प्रदेशको राजनीतिक वातावरण थप तातिएको हो।

प्रहरीका अनुसार पार्टीका १५ नम्बर ब्युरो इन्चार्ज सिताराम बुढाथोकी र सोही ब्युरोका सचिव डिल्ली बोहोरालाई शनिवार संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई इटहरीस्थित पशुपति चोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगेको जनाएको छ।

पक्राउलगत्तै पार्टीले कडा आपत्ति जनाएको छ। पार्टीका १६ नम्बर ब्युरो सचिव बिमल निरौलाले आफ्ना नेताहरूलाई घरमै बसिरहेको अवस्थामा ‘बिनाकारण’ पक्राउ गरिएको दाबी गर्दै बिना सर्त तत्काल रिहाइको माग गरेका छन्। उनले यस कदमलाई “राजनीतिक पूर्वाग्रहबाट प्रेरित” भएको आरोप लगाउँदै आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्।

निरौलाका अनुसार निर्वाचन बहिष्कार कार्यक्रमलाई प्रभावकारी बनाउन आन्तरिक छलफल तीव्र पारिएको छ। “देशलाई निकास दिन सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिनुपर्छ, सर्वपक्षीय तथा सर्वदलीय सहमतिबाट मात्र निष्पक्ष निर्वाचन सम्भव छ,” उनले बताए।

उता पार्टीले वर्तमान निर्वाचनलाई “अमेरिकी साम्राज्यवाद प्रायोजित” भन्दै कडा आलोचना गरेको छ। सुशीला कार्की नेतृत्वको ‘कठपुतली सरकार’ ले चुनाव गराउन लागेको आरोप लगाउँदै यस प्रक्रियाबाट मुलुकले निकास नपाउने दाबी पार्टीको छ। राष्ट्रिय भेला आयोजना गरी संयुक्त सरकार गठनको माग गर्दै आएको पार्टीले कोणसभा, मसाल जुलुसलगायतका कार्यक्रममार्फत अभियानलाई निरन्तरता दिने रणनीति सार्वजनिक गरेको छ।

यद्यपि, पक्राउ प्रकरणबारे प्रहरीले औपचारिक धारणा सार्वजनिक गरेको छैन। प्रहरी स्रोतका अनुसार निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ।

१७ फाल्गुन २०८२, आईतवार ०९:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा