Play

जनप्रिय क्याम्पसमा कक्षा १२ पढेका विद्यार्थीलाई बिदाइ: स्नातकमा पनि क्याम्पसमा भर्ना हुन् आग्रह

गुरुकुल खबर


​पोखरा, पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा कक्षा १२ को अध्ययन पुरा गरेका विद्यार्थीहरूका लागि कक्षं ११ का बिधार्थीहरुले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका छन कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति र शुभकामना आदानप्रदान पनि गरिएको थियो। कार्यक्रममा बिदाइ भएका विद्यार्थीहरूलाई मायाको चिनो, अबिर र खादा ओढाएर सुखद शैक्षिक भविष्यको कामना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारीले विद्यार्थीहरूले  व्यवस्थित र मर्यादित कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै क्याम्पसबाट बिदाई भएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना सहित क्याम्पस प्रशासन सधैँ गुणस्तरीय शिक्षाको पक्षमा रहेको जानकारी गराए ।

​कार्यक्रमका विशिष्ट अतिथि एवं क्याम्पस प्रमुख कृष्णबाबू बरालले बिदाइ भएका विद्यार्थीहरूलाई बधाई दिँदै क्याम्पसमा स्नातक तहमा पुनः भर्ना हुन आग्रह गरे। क्याम्पस प्रमुख बरालले भने “तपाईंहरू फेरि यहीँ भर्ना भएर क्याम्पसको गरिमा र साखलाई अझ उचाइमा पुर्‍याउनुहुनेछ भन्ने विश्वास लिएको छु।” उनले विद्यार्थीहरूको शैक्षिक निरन्तरता नै संस्थाको असली सफलता भएको उल्लेख गरे।

कार्यक्रमम ​ कक्षा ११ की छात्रा बिनिता अर्यालले स्वागत मन्तव्य राख्दै बिदाइ हुने साथिहरुको सफल शैक्षिक यात्राको कामना गरे। कार्यक्रममा विशेष अतिथि+२ व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी पौडेलले विद्यार्थीहरूलाई अनुशासित भएर अघि बढ्न र आफ्नो लक्ष्यमा केन्द्रित हुन प्रेरणा दिए ।त्यसै गरि विद्यार्थी हित शाखा प्रमुख बेदहरि तिमिल्सिनाले विद्यार्थीहरूको मिहिनेतको प्रशंसा गर्दै आगामी दिनमा थप प्रगतिको कामना गरे।

कार्यक्रममा प्रेम थापा, सुमित्रा गिरि, कोपिल श्रीपाली लगाएतका बक्ताहरुले शुआआफ्नो भनाई राखेका थिए। बिदाई कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य तथा सांगीतिक प्रस्तुतिहरू दिएर माहोललाई निकै मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाएका थिए। ​कार्यक्रम संयोजक गणेश चालिसेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मन्दिप पोख्रेल र कृपा ढकालले संयुक्त रूपमा गरेका थिए।

१६ फाल्गुन २०८२, शनिबार ०९:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा