Play

नेपाली काँग्रेसले मात्र जेनजी सहित सबैको माग सम्बोधन गर्न सक्ने कांग्रेस उमेदवार बाँस्तोलाको भनाई

गुरुकुल खबर


पोखरा,  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले प्रजातन्त्रप्रति विश्वास राख्ने नेपाली काँग्रेसले मात्र जेन्जीका माग पूरा गर्न सक्ने बताएका छन् ।

पोखरा–३३ भरतपोखरीको पुडिटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार बास्तोलाले जहानीया राणा शासन फाल्नेदेखि संविधान निर्माणसम्म नेतृत्वदायी भूमिका खेल्दै आएको कारण जेनजीको माग पनि कांग्रेसले नै पुरा गर्ने बताए ।

नेपाली जनताले प्रजातन्त्र, स्वतन्त्रता, सुशासन र भ्रटाचार रहित शासन व्यवस्था चाहेको बताउँदै बदलिएको काँग्रेसले अव सुशासन र समृद्धिमा काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । देशमा संकट परेको बेला देश समाल्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमाआउने गरेको बताउँदै जेन्जी आन्दोलनमा जलेका संरचना निर्माण गर्ने काम पनि काँग्रेसकै जिम्मामा आएको बताए ।

पुडिटारमा खानेपानी, सडक र सिंचाई कुलोको मुख्यआवश्यकता देखिएका कारण त्यसतर्फ आफ्नो ध्यान जाने कुरामा उनले विश्वास दिलाए ।
त्यसैगरी तल्लो पुडिटारमाआयोजित चुनावी सभामा उम्मेदवार बास्तोलाले खानेपानी, सिंचाई सेतीनदीको कटान र व्यवसायिक कृषिमा आँफुले  ध्यान दिने बताउँदै अब नेपाली काँग्रेस नेपाली जनताका सुख दुःखमा साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

उक्त अवसरमा नेपाली काँग्रेसका नेता रामचन्द्र अधिकारीले पोखरा महानगरपालिका भएपनि दुर्गम क्षेत्रको विकासमा ध्यान जानु पर्नेमा जोड दिए । नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, वीरेन्द्रनारायण विजुक्छे, केशर निर्दोषी, ऋषि काफ्ले, दिनेश आचार्य लगायतका स्थानीय नेताले कार्यक्रममा आफ्ना भनाइ राखेका थिए ।

यसैगरी पोखरा–३३ को कपासेको चुनावी सभालाई सम्बोधन गर्दै स्थानीय मतदाताले राखेको सडक, खानेपानी, नाला र रोजगारीका अवसरका बारेमा आफू गम्भीर भएको बताउँदै यस क्षेत्रको विकासमा लागि पर्ने बताए ।

त्यसैगरी उम्मेदवार बास्तोलाले आजै लामगादी, तिप्लाङ, वागमारा, गण्डकी बेँसी, कालिकाचोक, पुडिटारका मतदाताको घरदैलोमा पुगेर उनीहरुको समस्या सुन्दै मत माग्ने काम भएको नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति केशर निर्दोषीले जानकारी दिए ।

८ फाल्गुन २०८२, शुक्रबार १९:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा