Play

कांग्रेस उमेदवार बाँस्तोलासंग मौजाका मतदाताको गुनासो ‘हामी पनि महानगर क्षेत्रकै हौँ भन्ने अनुभुती गराइदिनुस’

गुरुकुल खबर


पोखरा, प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा कास्कीको  बिभिन्न निर्बाचन क्षेत्रमा उमेदवारी दिएका अन्य उमेदवार जस्तै कास्की क्षेत्र न. २ का कांग्रेस उमेदवार माधवप्रसाद बाँस्तोला पनि  मतदातासँग भोट माग्न गाउँगाउँ पुगेका छन् । यसैक्रममा उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) सहित काँग्रेसका नेताहरु सोमबार पोखरा–२० को भलाम र मौजाका मातदातासँग भोट माग्न पुगेका थिए ।

उम्मेदवार बास्तोलाले मौजामा भोट माग्दै गर्दा स्थानीयले सडक, खानेपानी, कृषि, पानी र रोजगारीका समस्यालाई मुख्य प्राथामिकतामा राखेर काम गरिदिन आग्रह गरे । सोमबार पोखरा–२० को भलामस्थित पिपलडाली, र्यालेचौर, मौजाको मोहरिया, आँटिघर, लामडाँडा, मौजा, बिसौनाका मतदातासाग भोटमाग्न र स्थानीयका सुझाव संकलन गर्न पुगेका उम्मेदवार बास्तोला सहितको टोलीसँग मौजा गाउँ पोखरा महानगरपालिकामा भएपनि यस क्षेत्रका बासिन्दा महानगरपालिकामा बसेको अनुभूति गर्न नपाएको बताएका थिए ।

पोखरा–२० मौजास्थित मोहरियामा उत्तरबहादुर गुरुङले विकासमा पछाडि परेको मौजामा पछिल्लो समय केही मात्रामा सडकको विकास भएपनि व्यवसायिक कृषि र रोजगारीका अवसरहरु सृजना हुन नसकेको कुरा उम्मेदवार समक्ष राखे । त्यसैगरी आँटिघरका मिलन गुरुङले पछिल्लो समय मौजामा विकास निर्माणका कार्यले गति लिन थालेको बताउँदै पछिल्लो समय काँग्रेसकै पहलमा केही विकास निर्माणका काम हुन थालेको बताए ।

त्यस्तै आँटिघर निवासी यमन गुरुङले निर्वाचन जितेपछि नेताहरु गाउँमा आउने रोग कायमै भएकाले निर्वाचन जितेपछि पनि गाउँका वासिन्दाको सुःखदुःखमा मात्र भएपनि सहभागी भैदिन आग्रह गरे । ‘हामीले ठूलो आशा गरेका छैनौं,पोखरा–२० को भलाम र पोखरा–१३ को काँहुखोलाबाट आउने सडक सहज भइदियो भने यहाँका वासिन्दालाई सहज हुने भनाइ उनको छ ।’ उनले भने

मतदाता र शुभचिन्तकको गुनासो सुनेपछि उम्मेदवार बास्तोलाले आफू छिमेकी वडाको बासिन्दा भएकाले यहाँको समस्यासँग परिचित रहेको बताए। उनले कांग्रेसले नयाँ पुस्ताको भावना बुझेर युवालाई नेतृत्वमा ल्याएको दाबी गरे। ‘जेनजी समूहका माग पूरा गर्न कांग्रेसले विशेष महाधिवेशनबाट युवा सभापति बनाएको छ, भावी प्रधानमन्त्रीका रूपमा उहाँलाई नै अघि सारेर कांग्रेस बढेको छ,’ कोणसभामा बास्तोलाले भने, ‘तपाईंहरू ढुक्क भएर कांग्रेसलाई भोट दिनुस्, म यस क्षेत्रको विकासमा विशेष ध्यान दिनेछु।’

घरदैलो कार्यक्रममा स्थानीय कांग्रेस नेताहरू तोरण गुरुङ, हिराजंग गुरुङ, शकुन्तला गुरुङ, मिलन गुरुङलगायतले पनि गाउँको विकासका लागि कांग्रेसको जित आवश्यक रहेको बताएका थिए।

५ फाल्गुन २०८२, मंगलवार ०८:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा