Play

कास्की -३ का कांग्रेस उमेदवार मनोज गुरुङको मतदाता भेटघाट अभियान तीव्र

गुरुकुल खबर


पोखरा, कास्की क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसका उम्मेद्वार मनोज गुरुङको मतदाता भेटघाट अभियान तीव्र बनेको छ। कास्की क्षेत्र नं. ३ मा कांग्रेस उम्मेद्वार गुरुङको सक्रियता र प्रतिबद्धताले चुनावी प्रतिस्पर्धा थप रोचक पनि बनेको छ।

विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै गुरुङले जनताका अपेक्षा सुन्दै र आफ्ना प्रतिबद्धता राख्दै आएका छन्। उनले सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ को लान्द्रुक, तान्चोक, टोल्कालगायतका क्षेत्रका मतदातालाई भेटेका छन्।

विगतका कमजोरीबाट पाठ सिक्दै पार्टी रूपान्तरणको बाटोमा हिँडेको उल्लेख गर्दै उनले “रूपान्तरित कांग्रेस” ले जनताको चाहना र समयको मागअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उम्मेद्वार गुरुङले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे। ‘जनप्रतिनिधि भएपछि निष्पक्ष र इमान्दार ढंगले काम गर्ने, सार्वजनिक स्रोत–साधनको दुरुपयोग हुन नदिने तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नेर्छौँ’, उनको अठोट छ।

उनले विगतका अनुभवबाट सिकेर असल कर्ममा निरन्तर लागिरहने प्रतिवद्धता पनि जनाए। ‘जनताको विश्वास जित्नु नै मेरो पहिलो जिम्मेवारी हो’, उनले भने, ‘म सदैव जनताको सेवामा समर्पित रहनेछु।’ स्थानीयले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा आफ्ना चासो राखेका थिए। उम्मेद्वार गुरुङले ती सबै मुद्दालाई आफूले प्राथमिकता दिने प्रतिवद्धता जनाए।

समानुपातिक उम्मेद्वार आइबहादुर नेपालीले दलित, उत्पीडित र जनजाति समुदायको अधिकार सुनिश्चिततामा कांग्रेसको भूमिका अग्रणी रहेको दाबी गरे । स्थानीय तहका वडा–वडामा दलित प्रतिनिधित्वको कानूनी व्यवस्था कांग्रेसकै पहलमा सम्भव भएको उनको जिकिर थियो ।

४ फाल्गुन २०८२, सोमबार १८:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा