Play

कास्की -२ का कांग्रेस उमेदवार बाँस्तोला अस्पतालबाट डिस्चार्ज, शनिबारदेखि चुनाबी अभियानमा निस्कने

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको तर्फबाट कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा उमेदवार बनेका माधव प्रसाद बास्तोला (मधु) अस्पतालबाट डिस्चार्ज भएका छन् । चुनाब प्रचार प्रसार तथा मतदातासंग भेटघाट गर्ने क्रममा आंफ्नो घर नजिक पोखरा -११ फूलबारीमा लडेर घाइते भएका बास्तोला पांच दिनसम्म अस्पताल बसेर शुक्रबार घर फर्किएका छन । शनिबार देखि नै उनले घरदैलो अभियानलाई निरन्तरता दिने उनको सचिबालयले जनाएको छ ।

गत माघ २६ गते आइतबार साँझ चुनावी अभियान र नागरिक भेटघाटका क्रममा लडेर घाइते भएका बाँस्तोलाको बायाँ हातको नाडी माथिको हड्डी (रेडियस) भाँचिएको थियो । घाइते भएलगत्तै उनलाई मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो । अस्पतालका निर्देशक प्राडा अभिषेक मास्केका अनुसार माघ २६ गते नै उनको हातको सफल शल्यक्रिया गरिएको थियो । ५ दिनको नियमित उपचार र चिकित्सकको निगरानीपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएकाले समेत अस्पतालले जनाएको छ ।

बास्तोलाले आफ्नो संकल्प र राजनीतिक प्रतिबद्धतालाई शरीरमा लागेको चोटले कमजोर नबनाएको बताउंदै अब चिकित्सकको सल्लाह अनुसार आवश्यक उपचार र विश्रामपछि अझ दृढ आत्मविश्वासका साथ निर्वाचन अभियानमा फर्किने प्रतिबद्धता ब्यक्त गरे । बास्तोलाले आफूलाई माया र हौसला दिने मतदाता, पार्टीका नेता, कार्यकर्ता र परिवारप्रति आभार समेत प्रकट गरेका छन् ।

सचिवालयका अनुसार बास्तोला शनिबारदेखि कास्की निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा आयोजना हुने घरदैलो र चुनावी सभाहरूमा सहभागी हुनेछन् । उनी घाइते भएपछि पनि उनका प्रतिनिधि र कार्यकर्ताहरूले चुनावी अभियानलाई निरन्तरता दिएका थिए । यसै क्रममा कास्की -२ अन्तर्गत पर्ने पोखरा महानगरपालिका -३३ मा पनि नेपाली काँग्रेसले सम्पर्क कार्यालय स्थापना गरेको छ।

उमेद्वार बाँस्तोलाको अनुपस्थिति रहेपनि कांग्रेसका अन्य नेताहरु सहित स्थानीय कार्यकर्ता र सर्बसाधारणको उल्लेखनीय उपस्थितिमा उक्त कार्यालयको उद्घाटन गरिएको क्षेत्र न. २ अन्तर्गतको प्रदेश समितिका सचिब सुबर्ण केसीले गुरुकुल खबरलाई जानकारी दिए ।

  • तस्बिर – विश्वराज बाँस्तोलाको फेसबुकबाट

१ फाल्गुन २०८२, शुक्रबार २१:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा