Play

चुनाबी रणनीति र मतदाता शिक्षाबारेमा पोखराका कांग्रेस कार्यकर्तालाई प्रशिक्षण

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका तल्लो तहका कार्यकर्तालाई मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले नेपाली काँग्रेस पोखरा महानगरपालिका कार्यसमितिले प्रशिक्षण कार्यक्रम गरेको जनाएको छ । पार्टीको महानगरसमितिका सभापति सुरेन्द्रमान बिजुक्छेका अनुसार महानगरका ३३ वडाका सभापति र पदाधिकारीहरुको सहभागितामा उक्त कार्यक्रम गरिएको हो ।

वडास्तरका कार्यकर्ताहरुलाई पार्टीको चुनाबी रणनीति र चुनाबको लागि आबश्यक पर्ने मतदाता शिक्षाको बारेमा बुझाउन उक्त कार्यक्रम गरिएको र कार्यक्रमका सहभागीहरुले आआफ्नो वडामा पुगेर वडास्तरमा यस्तै किसिमको कार्यक्रम गर्ने सभापति बिजुक्छेले गुरुकुल खबरलाई जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियार र प्राध्यापक डा. कुशुमाकार न्यौपानेले सहजीकरण गरेका थिए। नेपाली कांग्रेस पोखरा महानगरपालिकाका सभापति बिजुक्छेको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सभापति बजिरमान श्रेष्ठ, महिला नेत्री माया बराल, उपसभापति प्रयागराज भण्डारी, सचिव टुबराज बास्तोला र परमेश्वर कार्की लगायतले आआफ्नो भनाई राखेका थिए।

१ फाल्गुन २०८२, शुक्रबार २०:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा