Play

फेवातालमा माछा मार्न हानेको जालमा १८ राउण्ड गोलि लोड गरिएको राइफल भेटिएपछि…

गुरुकुल खबर


पोखरा, पोखराको फेवातालमा स्थानीय जलारीले माछा मार्न थापेको जालमा १८ राउण्ड गोलि समेत लोड गरेको एसएलआर राइफल भेटिएको छ । पोखरा महानगरपालिका वडा नं. १८ खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा एक थान एसएलआर राईफल र त्यसमा लोड भएको १८ राउण्ड गोलीसहितको म्यागजिन फेला परेको हो ।

यहि माघ २९ गते बिहिबार साँझ ५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. १८ खपौदी नजिक फेवातालमा स्थानीय ४२  बर्षीय कुमार जलारीले माछा मार्नको लागि जाल हान्दा उक्त राइफल फेला परेका कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरी बहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए ।

उक्त सुचना पाएपछि नेपाल प्रहरीको पोखरास्थित गण्डकी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली अनुसन्धानको लागि खटिएको बताइएको छ । प्रहरीका अनुसार जलारीले तालमा माछा मार्नका लागि तालमा जाल हान्दा जालमा केही भारी वस्तु अड्किएको थाहा पाएको र त्यसपछि जाल तान्दा उक्त राइफल निस्किएको थियो ।

बरामद गरिएको हतियारमा मु वा १११ (बट) नम्बर र बडी नं. १३८१० उल्लेख गरिएको छ । जालमा हतियारसँगै सोही हतियारमा लोड हुने १८ राउण्ड गोलीसहितको एक थान म्यागजिन पनि फेला परेको छ ।  माछा मार्न हानेको जालमा हतियार फेला परेको जानकारी पछि खटिएको प्रहरीको टोलीले हतियार बरामद गरेर ल्याएको प्रनाउ बस्नेतले बताए । उक्त हतियार कुन सुरक्षा निकाय अन्तर्गत कसको हो भन्ने अनुसन्धानको क्रममै रहेको पनि बस्नेतले बताए ।

१ फाल्गुन २०८२, शुक्रबार १९:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा