काठमाडौँ, काठमाडौँबाट ओखलढुंगा जाने यात्रुबाहक बस रामेछाप जिल्लामा पर्ने सडकबाट तामाकोशी नदिमा खसेर भएको बस दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । रामेछाप जिल्लाको सदरमुकाममा रहेको मन्थली अस्पतालका अनुसार मृतक १२ मध्ये ११ जनाको पहिचान खुलेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस रामेछापको सेलेघाट नजिक तामाकोशी नदीमा खसेर दुर्घटना भएको थियो ।
अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बवि तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल,शिव श्रेष्ठ,रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन् ।
‘१२ वटा शव अस्पतालमा आएको छ, त्यसमध्ये एक जनाको नाम खुलेको छैन’, अस्पतालले भनेको छ । मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा उनीहरूको ज्यान गएको रामेछापका डीएसपी भोला भट्टले संचारकर्मीहरुलाई जानकारी दिए ।
उनका अनुसार घाइते ८ जनाकाे उपचार भइरहेकाे छ। बा प्र ०१००६ ख ९९७५ नम्बरको बस नदीमा खसेको थियो । बस प्रहरीले चालकलाई पक्राउ गरेको छ ।















