पोखरा । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शक्रबार मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भने घटना शंकास्पद भएकाले अनुसन्धान थालिएको जनाएको छ ।
९ पुष २०७८, शुक्रबार १५:१९ मा प्रकाशित