Play

पोखरा -२७ मा कांग्रेसको चुनाबी सम्पर्क कार्यालय स्थापना

गुरुकुल खबर


पोखरा,  नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना मतदातासँगको सुझाव संकलनलाई तीव्र बनाएको छ ।शनिवार कास्की क्षेत्र नं. १ को पोखरा महानगरपालिका वडा नं. २७ को आवसनगरमा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

सम्पर्क कार्यालयको उद्घाटन क्षेत्र नं. १ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले  गरेका छन् । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले देश र जनतासँग डराउने पार्टी भनेकै नेपाली काँग्रेस भएको बताउँदै सधैँ जनताको दास भएर काम गर्ने प्रतिबद्धता जनाए।

भनसुनले मात्रै काम बन्ने संस्कार बसेको बताउँदै उनले भनसुनको अन्त्य गरी कानुनी सुशासनको स्थायित्वका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरे । उनले देश भित्रका साधन स्रोतलाई सही सदुपयोग गरी समुन्नत देश निर्माण गर्न काँग्रेस सधैँ लागि पर्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले आम जनताका चाहनालाई काँग्रेसले नै सम्बोधन गर्न सक्ने भएकोले काँग्रेसलाई विजयी गराउन आग्रह गरे । पोखरा–२७ का वडा अध्यक्ष पूर्ण बहादुर गुरुङले सुख दुःखको साथी बनेर काम गर्ने पार्टी काँग्रेस भएको बताए ।

उक्त अवसरमा नेपाली काँग्रेस पोखरा–२७ वडा समितिका सभापति नारायणमणि लामिछानेको नेतृत्वमा दिपाङताल क्षेत्र, बडहरे, अर्घौ अर्चले, घरेलु चौर, शान्ति खहरे, रिठ्ठेपानी क्षेत्रका मतदाता, ज्येष्ठ नागरिक, आम समूहसँग सुझाव संकलन गरिएको थियो ।

यसै गरीपोखरा–३१ मा भानुभक्त पौडेलको संयोजकत्वमा ३ सय ३३ सदस्यीय मूल निर्वाचन परिचालन समिति र विभिन्न १४ वटा उपसमिति गठन गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ का सचिव ओम प्रकाश गुरुङले जानकारी दिए ।

२५ माघ २०८२, आईतवार ०७:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा