Play

राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवलमा आयोजक टीम पनि फाइनलमा, आज फाइनल खेल हुने

गुरुकुल खबर


लेखनाथ (पोखरा), पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको भण्डारी टोलस्थित भलिवल कोर्टमा जारी नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल प्रतियोगितामा आयोजक टिम पनि फाइनलमा प्रवेश गरेको छ ।

यससँगै आज शनिवार बागलुङ्गको ढोरपाटन समूह र पर्वत मोदीको बाजुङ्ग समूह मध्येको विजेतासँग हुने सेमिफाइनल खेलको बिजेतासंग आयोजक बी समूहले फाइनल खेल खेल्ने तय भएको छ । शुक्रवार विभिन्न आठ खेलहरु सम्पन्न भएका प्रतियोगिता संयोजक ईश्वर खत्रीले जानकारी दिए ।

क्लवका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा भएको कार्यक्रम पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले सञ्चालन गरेका थिए ।

शनिवारका फाइनल खेल सकिए लगत्तै क्लबका आजीवन संरक्षक पोखरा महानगरापालिका वडा नम्वर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समापन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

१५ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजयी समूहले १ लाख ११ हजार एक सय ११, उप विजेता समूहले ५५ हजार पाँच सय ५५ र तृतीय हुने दुई समूहलाई  १०/१० हजार रुपैया प्रदान गरिने छ भने अन्य उत्कृष्ट खेलाडीलाई विधा अनुसारको पुरस्कार प्रदान गरिने वताइएको छ ।

२४ माघ २०८२, शनिबार ०७:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा