Play

बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता जारी, फुट्सल खेलाडी लामालाई सम्मान

गुरुकुल खबर


पोखरा, पोखरामा क्रियाशील संस्था बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको अबसरमा शुक्रबार आयोजित कार्यक्रममा लामालाई सम्मान अर्पण गरेको हो ।

राष्ट्रका लागि फुटसलमार्फत योगदान दिएको भन्दै सम्मान गरिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनका अनुसार राष्ट्रिय फुटसल खेलाडी लामा बिटी कपमा ठमेल एफसीबाट खेल्दैछन् । ‘राष्ट्रिय स्तरका खेलाडी विरेन स्मृति बिटी कपमा खेल्न आउन् भन्ने नै हाम्रो पनि उद्देश्य हो, क्लबका अध्यक्ष गुरुङले भने, ‘यसले हाम्रो प्रतियोगिताको गरिमा पनि बढाएको छ ।’

शुक्रबार भएको पहिलो खेलमा मार्सल ह्वाइटले बेलिज् एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । ह्वाइटको जीतमा नवीन पुन मगर र आकाश पुर्जामगरले समान १/१ गोल गरे । यस्तै दोस्रो खेलमा ठमेल एफसीले गलेश्वर एफसीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार ठमेलको जीतमा मनिष मगर, कुन्सान श्रेष्ठ, मिग्मार तामाङ, श्री माम्बा र विकेश शामहीले समान १/१ गोलको योगदान दिए ।

यसैगरी तेस्रो खेलमा गोल्डेन नाइटको अनुपस्थितीमा वाकओभरमार्फत नवश्री विजयी बन्यो । चौथों खेलमा बाँनिया ब्रदर्शले युनाइटेड ब्लुलाई ३–० गोल अन्तरले पराजित गर्याे । बाँनिया ब्रदर्शको जीतमा सुशान्त थापा, बादल रानाभाट र अनुप बञ्जराले समान १/१ गोल गरे । पाँचौ खेलमा डेभिजफल्स क्लबले रेवल्स एफसीलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । डेभिजफल्सको जीतमा रविन्द्र केसीले २ गोलको योगदान दिए भने, संगम गुरुङ र सञ्जु मगरले समान १/१ गोल गरे ।

छैटौं खेलमा माइलस्टोन स्कुकरमाथी एनए एफसीले १–० को गोलन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । एनएको जीतमा सन्तोष चौधरीले निर्णायक गोल गरे । यस्तै सातौ खेलमा लेकसाइड एफसीलाई दिप युनाइटेडले २–० गोल अन्तरले पराजित गर्याे । दिपको जीतमा लोकेन छन्त्याल र शोभित भण्डारीले समान १/१ गोल गरे ।

यसैगरी अन्तिम खेलमा कस्केरीको अनुपस्थितीमा वाकओभरमार्फत एट टु नाइन एफसी विजयी बन्दै दोस्रो चरणमा प्रवेश गर्याे । शनिबार पनि पहिलो चरणकै बाँकी खेल सञ्चालन हुने क्लबका निवर्तमान अध्यक्ष असिम थापाले जानकारी दिए ।

उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

२४ माघ २०८२, शनिबार ०७:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा