Play

रास्वपाका उमेदवार चढेको गाडीको ठक्करबाट एक बालिकाको मृत्यु

गुरुकुल खबर


रौतहट, रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवार सगिर आलम चढेको गाडीले ठक्करले एक जनाको मृत्यु भएको छ ।   बिहीबार दिउँसो रास्वपाका उम्मेदवार आलम चढेको गाडीको ठक्करबाट इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो ।

चुनाब प्रचारकै क्रममा दिउँसो साढे दुई बजेको समयमा बा १५च ४२४४ नम्बरको कारले ठक्कर दिंदा उनको मृत्यु भएको हो उक्त गाडी चढेर मत माग्न जाँदै गरेको बेला तिब्र गतिमा रहेको कारले नाबालिक अल्फा खातुनलाई ठक्कर दिएको थियो । गम्भीर घाइते बनेकी उनको उपचारका क्रममा ज्यान गएको हो ।

घाइते बालिकालाई चालकले सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको लागि पुर्‍याएका थिए । उपचारको क्रममा उनको ज्यान गएपछि चालक अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले बताए ।

२२ माघ २०८२, बिहीबार १८:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा