Play

झापा -५ स्थित रास्वपाका उमेदवार बालेन शाहको सम्पर्क कार्यालयमा ढुंगा प्रहार

गुरुकुल खबर


बिराटनगर, आगामी फागुन २१ गते हुने निर्बाचनको क्रममा हाल चर्चामा रहेको झापा क्षेत्र नम्बर ५  स्थित रास्वपाको सम्पर्क कार्यालयमा गएराती ढुंगा प्रहार भएको छ।

उक्त क्षेत्रमा पर्ने कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रहेको रास्वपाको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा ढुङ्गा प्रहार भएको छ ।

उक्त घरको माथिल्लो तलामा रास्वपाले चुनावी रणनीति बनाउन र उम्मेदवार बालेन शाहले स्थानीयसँग भेटघाट गर्न सम्पर्क कार्यालय स्थापना गरेका हुन ।

झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार गएराति अज्ञात समूहले ढुङ्गामुढा गरेको हो । ढुङ्गाले लागेर घरको झ्यालको एउटा सिसा फुटेको छ ।

‘रास्वपाले एउटा कोठा भाडामा लिएको भए पनि तोडफोडबाट घरबेटी बस्ने तर्फका सिसाहरू समेत फुटेका छन्’ डीएसपी खड्काले भने । घटनास्थलको मुचुल्का उठाएर प्रहरीले अनुसन्धान अघि बढाएको र दोषीको खोजी सुरु गरिसकेको जनाएको छ ।

झापा ५ बाट यस पटक रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारी दिएका छन भने सोहि क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी ओलीले पनि उमेदवारी दिएका छन। दुबैजनालाई सम्बन्धित पार्टीले चुनाब पछिको प्रधानमन्त्रीको रुपमा अगाडी सारेका छन ।

२२ माघ २०८२, बिहीबार १२:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा